१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o६:o६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

रिलायन्स फाइनान्स चौधौँ वर्षमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o६:o६:oo

 रिलायन्स फाइनान्स लिमिटेडले चौधौँ वर्षको प्रवेशका अवसरमा विभिन्न कार्यक्रम गरेको छ । संस्थाले काठमाडौंको सलम्बुटार, साँखु, काठमाडौंस्थित द्वन्द्वपीडित तथा अपांग समाज–नेपालमा आश्रित घरबारविहीन सुस्त मनस्थिति भएका बालबालिका तथा मानवसेवा आश्रम, रानीवन काठमाडौंमा रहेका आश्रित बालबालिका तथा वृद्धहरूलाई औषधि सामग्री वितरण गर्ने गरेको छ । 

त्यस्तै, संस्थाका महेन्द्रनगर शाखाले महाकाली क्षेत्रीय अस्पताल महेन्द्रनगरमा रहेका विरामीलाई फलफूल वितरण गरेको छ । 

कोहलपुर शाखाले नेपाल राष्ट्रिय प्राविका विद्यार्थीलाई युनिफर्म वितरण गर्नुका साथै लमजुङ शाखाले चिसापानी लमजुङस्थित कालिका मिलन माध्यमिक विद्यालयलाई   प्रिन्टरसहित स्टेसनरी सामग्री वितरण गरेको छ । रिलायन्स फाइनान्सका अध्यक्ष कुशप्रसाद मल्ली, सञ्चालक विनोदकुमार तण्डुकार, तुल्सीप्रसाद बराल र संस्थाका कामु प्रमुख कार्यकारी अधिकृत समाजप्रकाश श्रेष्ठले उक्त सहयोग सामग्री हस्तान्तरण गरेका थिए ।