मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ मङ्सिर १८ आइतबार १९:१०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दोलखा : माओवादी अग्रता बढाउँदै गंगा, एमाले पछ्याउँदै

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर १८ आइतबार १९:१०:००

दोलखामा प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचन निकै प्रतिस्पर्धात्मक देखिएको छ। 

आज दिउँसोसम्ममा २४ मतले पछि परेका माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले एमालेका बालकृष्ण सिवाकोटीसँगको अन्तर बढाएर ७९६ पुर्याएका छन्। 

कार्कीले २२ हजार ८३८ मत ल्याउँदा सिवाकोटीले २२ हजार ४२ मत पाएका छन्। कालिञ्चोक, भीमेश्वर, गौरीशंकर र जिरीको मतगणना सकिएको छ। 

हाल तामाकोसी र बैतेश्वर गाउँपालिकाका वडाहरूको गणना भइरहेको छ भने मेलुङ, बिगु र शैलुङ गाउँपालिकाको मतगणना बाँकी छ।