१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
अमुल थापा भक्तपुर
Invalid date format o८:४४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले नेता गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला

Read Time : < 1 मिनेट
अमुल थापा, भक्तपुर
नयाँ पत्रिका
Invalid date format o८:४४:oo

एमाले नेता गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला परेको छ। भक्तपुरको मध्यपुरथिमि नगरपालिका वडा नम्बर १ लोकन्थलीमा रहेका बास्कोटाको घरमा आइतबार बिहान शंकास्पद वस्तु फेला परेको हो । बास्कोटाको घरको बाहिरी पर्खालमा प्रेसरकुकर बमजस्तो देखिने शंकास्पद वस्तु भेटिएको छ । 

घरको पर्खालमा शंकास्पद वस्तु देखिएपछि नेपाली सेनाको बम डिस्पोजल टोली बास्कोटाको घरमा पुगिसकेको छ भने नेपाल प्रहरीले पनि अनुसन्धान सुरु गरेको छ ।  एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वसञ्चार तथा सूचनामन्त्री बास्कोटा काभ्रे २ बाट नवनिर्वाचित सांसद हुन् ।