१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार o६:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

स्मार्ट क्युआरमा एम डबली एपमार्फत भुक्तानी गर्न सकिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:१२:oo

स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडद्वारा सञ्चालित स्मार्ट क्युआरमा आबद्ध मर्चेन्टहरूमा एम डबलीमार्फत भुक्तानी गर्न सकिने भएको छ ।

इन्फो डेभलपरद्वारा सञ्चालित एम डबली एक सय ७० भन्दा बढी सहकारीमा सञ्चालनमा ल्याइएको छ । आर्जन बचत तथा ऋण सहकारीमा यसको सेवा विस्तार गरिने योजना रहेको इन्फो डेभलपरका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले बताए । 

भाटभटेनी सुपर मार्केट, बिग मार्ट, एक्सप्रेस मार्ट, किराना, बिग डिजिटललगायतका एक लाख ६० हजारभन्दा धेरै मर्चेन्ट आबद्ध स्मार्ट क्युआर नेटवर्कमा एम डबली आबद्ध हुँदै आएको स्मार्ट च्वाइस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजूले बताए । अबदेखि एम डबली मार्फत सहकारीका सदस्यहरूले पनि यस्तो सुविधा लिन सक्ने उनको भनाइ छ । 

ad
ad