
स्याङ्जा क्षेत्र नम्बर २ मा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ । बुधबार साँझबाट सुरु भएको मतगणनामा एमालेकी उम्मेदवार पद्मा अर्यालले दुई हजार तीन सय चार मत प्राप्त गरेकी छिन्।
नेपाली कांग्रेसका धनराज गुरुङले एक हजार सात सय तीन मत पाएका छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले एक सय ८० मत पाएका छन् । पद्मा ६ सय एक मतले अगाडि छिन् ।
त्यस्तै, प्रदश सभामा पनि एमालेकै अग्रता छ । प्रदेश (क) मा एमालेका मोहन रेग्मीले दुई हजार चार सय नौ मत ल्याउँदा कांग्रेसका भोजराज अर्यालले एक हजार आठ सय ३० मत पाएका छन् । एमालेका रेग्मी पाँच सय ७९ मतले अगाडि छन।
हाल गल्याङ नगरपालिका ६ र ७ तथा भिरकोट ५ को गणना सकिएको छ । स्याङ्जा २ मा ७० हजार एक सय ९१ मत खसेको थियो ।