१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर १४ बुधबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ मङ्सिर १४ बुधबार १५:५४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्सेसँगै खुम्चियाे कारोबार रकम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ मङ्सिर १४ बुधबार १५:५४:oo

सेयर बजार बुधबार सामान्य अंकले खुम्चिएको छ। सेयर बजार परिसूचक नेप्से आज ३.५१ अंकले घटेर १९४९ दशमलव ८५ बिन्दुमा झरेको छ।  

आज माइक्रोफाइनान्सबाहेक अरू सबै समूहको सेयर ओरालो लागेको छ।  आज बजार घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ। 

आज दुई सय ३८ वटा कम्पनीको २३ लाख ५५ हजार कित्ता सेयर किनबेच हुँदा ८४ करोड २६ लाख रुपैयाँबराबरको कारोबार भएको छ।

सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको चार करोड ७९ लाख र नबिल बैंकको चार करोड १५ लाख रुपैयाँको सेयर किनबेच भएको छ भने आज लक्ष्मी इक्विटी फन्डको साढे पाँच प्रतिशत र विन नेपाल लघुवित्तको सेयर साढे चार प्रतिशतले घटेको छ। 

समग्रमा बजार घटे पनि ग्रिनलाइफ हाइड्रो र खप्तड लघुवित्तको सेयर भने चार प्रतिशतभन्दा धेरैले बढेको छ।