१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ओलीलाई बालेन्द्रको जवाफ- तपाईंका लागि सुकुमबासीहरू ‘भोट बैंक’ मात्रै रहे 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:५५:oo

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले एमाले अध्यक्ष केपी ओलीलाई सुकुमबासी समस्याको विषयमा गलत टीकाटिप्पणी नगर्न चेतावनी दिएका छन्। 

'सत्ताको उन्माद लगाएर सुकुमबासी बस्तीमा डोजर लगाइएको' प्रतिक्रिया दिएका ओलीप्रति मेयर बालेन्द्रले समस्या समाधान गर्न 'सकेको सहयोग गर्नू तर कसैका विरुद्ध कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नू' भन्दै चेतावनी दिएका हुन्। 

उनले २०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाडाैंको सुकुमबासी समस्या समाधान गर्न नसकेको आरोप लगाएका छन्। बालेन्द्रले ओलीलाई मन्त्री र पटक-पटक सरकारको नेतृत्व गर्दा पनि समस्या समाधान नगरेर सुकुमबासीहरूलाई 'भोट बैंक'का रूपमा मात्रै प्रयोग गरेको आरोप लगाएका छन्।

उनले मंगलबार सामाजिक सञ्जालमा लेखेका छन्, 'अधिकारसम्पन्न बागमती सभ्यताको आग्रह र समन्वयमा काठमाडाैं महानगरले आफ्नो जिम्मेवारी पूरा गर्दै गरेको कार्यप्रति तपाईंको धारणा थाहा पाएँ। तपाईंबाट नै यस्तो धारणा आउनु सामान्य विषय हो। किनभने, २०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाडाैंको सुकुमबासी समस्या समाधान गर्न सक्नुभएन। मन्त्री र पटक-पटक त्यो पनि दुईतिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनुभयो तर सुकुमबासीले भोगेको ३२ वटा जाडो देख्नुभएन। सुकुमबासीहरू तपाईंका लागि भोट बैंक मात्रै रहे। बरु तिनलाई गुठी आन्दोलनजस्ता आफ्नो स्वार्थविपरीतका कुराहरूमा प्रयोग गर्नुभयो। त्यो पनि राजनीतिक स्वार्थवश। तपाईंलाई जनता, नदीनाला र नेवा सभ्यताको त्यत्रो माया भएको भए तपाईंको नेतृत्वमा लुँहिटी (सुनधारा) सक्काएर सेतो टावर किन ठड्याउनुभयो ? हुनमान ढोकाको पुनर्निर्माणमा नेवा सभ्यताको मौलिकता नासेर विदेशीलाई निर्माण गर्न दिने कार्यलाई कसरी अगाडि बढाउनुभयो? यी सबै हेर्दा नेवा सभ्यता जोगाउने, नदीक्षेत्रको अतिक्रमण रोक्ने कार्यको तपाईंले विरोध गर्नु असामान्य होइन। तर, अब परिस्थिति फेरिएको छ। यसैले सकेको सहयोग गर्नुहोला तर कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुहोला।'