मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १९:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गगनको दाबी- अग्रजको समर्थन र आशीर्वादमै कांग्रेसबाट देशको नेतृत्व गर्छु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १९:३५:oo

कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकको भरोसालाई जोगाउन प्रधामन्त्री बन्नका लागि आफ्नो आवश्यकता रहेको बताएका छन्।

उनले लोकतन्त्रको सबैभन्दा महत्वपूर्ण कुरा भनेकै चुनाव र नागरिकको भरोसा भएकाले अहिलेको परिस्थितिमा युवाहरूको नेतृत्व देशलाई आवश्यक भएको बताएका हुन्। कांग्रेसको तर्फबाट युवा पुस्ताले अब पार्टी र देशको नेतृत्व गर्ने समय आइसकेको बताए। 

मंगलबार संसदीय दलका नेताको लागि पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्मासँगको भेटपछि आफ्नै निवासमा महामन्त्री थापाले कांग्रेसको युवा पुस्ताले देश हाँक्नुपर्छ भन्ने कुरा पार्टीको लागि पनि आवश्यक रहेको बताए। पार्टीका अन्य नेताहरूले प्रधानमन्त्रीको लागि दाबी गर्ने कुरालाई स्वाभाविक रूपमा लिनुपर्ने बताए। 

महामन्त्री थापाले कुनै समय आफूले वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता प्रकाशमान सिंहलाई संसदीय दलको नेताको रूपमा खुलेर भोट हालेको भन्दै अहिलेको वेलामा युवा पुस्ताको नेतृत्व आवश्यक भएकाले अग्रज नेताहरूले आफूलाई पुरानो गुन लगाउनेमा विश्वस्त रहेको बताए। 

उनले भने, ‘कांग्रेसको तर्फबाट यो पुस्ताको प्रतिनिधिले देश हाँक्छु भनेर अघि बढ्नुपर्छ। यो पार्टीको लागि पनि आवश्यक छ। पार्टीभन्दा पनि माथि राखेर हामीले हेर्ने हो भने लार्ज डेमोक्रेसीको कुरा गर्दा डेमोक्रेसीको सबैभन्दा महत्वपूर्ण कुरा भनेको चुनाव र नागरिकको भरोसा हो। व्यवस्थाप्रति नागरिकहरूको भरोसा हुनुपर्छ। भरोसा जोगाउन पनि यो आवश्यक छ। यो कुरा उहाँहरूलाई बुझाउन सकिन्छ।’

महामन्त्री थापाले संसदीय दलको नेतामा चयन गर्न अधिकांश नेताहरूको साथ आफूलाई रहेको दाबी गरे। नयाँ नेतृत्वको बारेमा पार्टी सभापति, वरिष्ठ नेता र अग्रज नेताहरूसँग कुरा गर्न बाँकी रहेको र अग्रज नेताहरूकै समर्थन र आशीर्वादमा आफूले कांग्रेसबाट देशको अबको नेतृत्व गर्ने दाबी गरे।