१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:o१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संसद् भवन तत्काल खाली गर्न पर्यटन बोर्डका वरिष्ठ निर्देशक ऐरको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:o१:oo

नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले संसद् बस्दै आएको वीरेन्द्र अन्तर्राष्ट्रिय कन्भेन्सिङ सेन्टर (बिआइसिसी) तत्काल खाली गर्न सरकारसँग माग गरेका छन्। सोमबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै वरिष्ठ निर्देशक ऐरले सरकारसँग यस्तो माग गरेका हुन्।

काठमाडौंमा अन्तर्राष्ट्रियस्तरका मेला–महोत्सव गर्न अन्तर्राष्ट्रियस्तरको हलको आवश्यक रहेको उनको भनाइ छ। बिआइसिसी संसद्का लागि नभई अन्तर्राष्ट्रिय प्रदर्शनी हलका रूपमा सञ्चालनका लागि भएको उल्लेख गर्दै उनले तत्काल खाली गराउनुपर्ने बताए।

‘काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको हल आवश्यक छ। वीरेन्द्र अन्तर्राष्ट्रिय कन्भेन्सिङ सेन्टर चीनले अन्तर्राष्ट्रियस्तरको हलका लागि दिएको हो। त्यो संसद् बस्ने स्थान होइन, बिआइसिसी हललाई जतिसक्दो चाँडाे खाली गराउनुपर्छ, त्यो अन्तर्राष्ट्रिय प्रदर्शनी हल हो, सरकार चलाउने हल होइन,’ उनले भने।