१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
यानिस भारुफाकिस
२o८१ बैशाख ३१ सोमबार १o:o४:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

एलन मस्कको ‘प्रविधि–सामन्त’ बन्ने महत्वाकांक्षा

Read Time : > 2 मिनेट
यानिस भारुफाकिस
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १o:o४:oo

अर्ब डलरमा ट्विटर खरिद गरेका एलन मस्कको चित्त नबुझ्नुका पछाडि स्वाभाविक कारण छन् । उनले अनलाइन भुक्तानीको सुरुवात गरे, कार उद्योगमा ठूलो परिवर्तन ल्याए, अन्तरिक्षयात्रामा क्रान्तिकारी परिवर्तन ल्याए र मस्तिष्कदेखि सीधा कम्प्युटर चलाउने महŒवाकांक्षी योजनामा समेत परीक्षण गरे । प्रविधिमा पारंगत भएकै कारण उनी विश्वकै सबैभन्दा धनी उद्यमी भएका छन् । तर, अकुत धन र उपलब्धिका बाबजुद मस्क ठूलो मात्राको डाटालाई दूर क्षेत्रमा सञ्चय गरेर सञ्चालन गरिने इन्टरनेट प्रविधि (क्लाउड) आधारित पुँजीमा हालीमुहाली गर्ने नयाँ शासक वर्गबीच अटेका छैनन् । ट्विटरले अहिले मस्कलाई नयाँ शासक वर्गको समूहमा प्रवेशको मौका जुराएको छ ।  

पुँजीवादको सुरुवातदेखि स्टिम इन्जिन, मेसिनजस्ता पुँजीयुक्त मालको स्वामित्वले शक्तिको सिर्जना गथ्र्याे । हालको समयमा क्लाउड आधारित पुँजीले असीमित शक्ति उपलब्ध गराउँछ । अमेजनलाई नै हेरौँ न, यसको सफ्टवेयर, हार्डवेयर, वेयरहाउस र हाम्रो भान्साको एलेक्सा मेसिनले हामीसँग संवाद गरिरहेको छ । पुरानो जमानाको स्थलीय वा एनालग (भूउपग्रह) प्रविधि आधारित पुँजीमा उपभोक्ताले चाहेका वस्तु उत्पादन गरिन्छ, तर क्लाउड आधारित पुँजीले आफ्नो स्वार्थअनुसार उपभोक्ताको व्यवहार नै बदलिदिन्छ । क्लाउड पुँजीको पहिलो चमत्कार भनेको हामीले यसको इन्टरफेस प्रयोग गरेर सिर्जना र अपलोड गर्ने प्रत्येक टेक्स्ट, रिभ्यू, फोटो वा भिडियोले उत्पादकको सेयर मूल्य र उत्पादकत्वलाई बढाउने काम गर्छ । यसरी हामी करोडौँ मानिसलाई क्लाउड पुँजीले क्लाउड रैती बनाएको छ अर्थात् हामी डिजिटल माध्यमका सामन्तका लागि अवैतनिक उत्पादन गरिरहेका छौँ । एक क्लाउड रैतीको हैसियतले हामीले गरिरहेको अवैतनिक उत्पादनलाई हामी स्वाभाविक एवं प्राकृतिक देख्छौँ ।  

क्लाउड पुँजीको अर्को चमत्कार भनेको क्लाउडले हाम्रो दिमागमा रोपेको आकांक्षामुताबिकको माल हामीलाई नै बेचेको छ । अमेजन, अलिबाबालगायत इ–कमर्स एपले परम्परागत एकाधिकारवादी बजारलाई पनि उछिनेको छ । एकाधिकारवादी बजारमा पनि एक्का–दुक्का मानिस वा संस्थाले स्वतन्त्र ढंगले निर्णय गर्न सक्छन् । तर, यी इ–कमर्स एपमा रहेको अल्गोरिदमले हरेक उपभोक्तालाई अन्य सबै उपभोक्ताबाट अलग बनाएको छ र यी हरेक उपभोक्ताबाट हासिल गरिएको सूचना प्रयोग गरी व्यक्तिलक्षित विज्ञापन हुन्छ । उपभोक्तासँग एकअर्कासँग आफूलाई बिक्री गरिने माल–वस्तुबारे कुरा गर्ने अवस्था छैन । त्यसैगरी विक्रेता पनि अल्गोरिदमले बाँधिएको छ, तसर्थ विक्रेताले पनि व्यापार गर्न अल्गोरिदम भएका इ–कमर्स एपलाई पैसा तिर्नुपर्छ । सबै थोकलाई बेपर्वाह बजारको अदृश्य हातले नभई क्लाउड सामन्त अर्थात् एक व्यक्ति वा एउटा कम्पनीका लागि काम गर्ने अदृश्य एल्गोरिदमले चलाइरहेको छ । 

संसारलाई बेपर्वाह बजारको अदृश्य हातले नभई क्लाउड सामन्त अर्थात् एक व्यक्ति वा एउटा कम्पनीको अदृश्य एल्गोरिदमले चलाइरहेको छ
 

यस अवस्थामा मस्क नयाँ प्रविधि–सामन्तले अकुत कमाएको टुलुटुलु हेरिरहेका थिए । उनको टेस्ला कार र स्पेस एक्स रकेट कम्पनीले समेत क्लाउड प्रयोग गर्दा प्रविधि धनाढ्य कमाइ गरिरहेका छन् । तर, मस्क ? व्यापार विश्वकै जिद्दी छवि भएका मस्कले क्लाउड पुँजीबाट कमाइ गर्ने विशाल मौका गुमाइरहेका थिए । हालको अवस्थामा ट्विटर एक मौका हुन सक्छ । ट्विटरको स्वामित्व लिएसँगै मस्कले ट्विटरलाई ‘सार्वजनिक चौराहा’ अर्थात् सबै कुरा छलफल हुने मञ्च बनाउने वाचा गरेका थिए । यो एक चतुर चाल थियो, जहाँ झुट बोल्ने ठूला व्यापारी (डोनाल्ड ट्रम्प) लाई ट्विटर फर्काउने वा नफर्काउने अन्त्यहीन बहसमा अल्झाई जनताको ध्यान मोड्नु थियो । डोनाल्ड ट्रम्पको पुनरागमनले उदारवादी चिन्तित छन्, त्यसैगरी प्राविधि धनाढ्य रुपर्ट मर्डोकको उदयले वामपन्थी पीडामा छन् र सबै विचारधाराका सभ्य व्यक्तिले ट्विटरका कर्मचारीमाथि गरिएको डरलाग्दो व्यवहारको निन्दा गरेका छन् । तर, मस्क अर्कैतिर ध्यान केन्द्रित गरिरहेका छन्, जसलाई उनको ट्विटर ‘सबैथोकको एप’ हो भनेर गरिएको ट्विटले पुष्टि गर्छ ।

मेरो विचारमा ‘सबैथोकको एप’ क्लाउड पुँजीतर्फको मार्ग हो, जसले उपभोक्ताको व्यवहार परिवर्तन गर्नेछ, क्लाउड रैती बनेका प्रयोगकर्ताबाट अवैतनिक श्रम उपभोग गर्नेछ र व्यापारीलाई क्लाउड व्यापारी बनाएर रकम असुल्नेछ । मस्कसँग ‘सबैथोकको एप’मा विकास गर्न सक्ने कुनै पनि चिजको स्वामित्व वा पहुँच थिएन । टेस्ला कार र स्पेस एक्स रकेटमा काम गर्दैगर्दा अमेजन, गुगल, अलिबाबा, फेसबुक र टेनसेन्टको विच्याटले ‘सबैथोकको एप’जस्तो क्षमता विकास गरिरहेका थिए । त्यस अवस्थामा खरिद गर्न मिल्ने इन्टरफेस ट्विटर मात्रै थियो ।

मस्कको हालको लक्ष्य भनेको ट्विटरको आफ्नै क्लाउड पूर्वाधारमा सुधार गर्नु, यसलाई आफ्नो ठूला डाटा नेटवर्कमा जोड्नु अर्थात् विश्वको सडकमा सञ्जालमा टेस्ला गाडीलाई र ग्रहको परिक्रमा गर्ने कैयौँ उपग्रहसँग जोड्नु हो । यदि मस्कले ट्विटरका बाँकी कर्मचारीको चिन्तालाई शान्त पार्न सक्छन् भने उनको अर्को लक्ष्य ट्रोल र बटबाट छुटकारा दिनु हुनेछ, ताकि नयाँ ट्विटरले आफ्ना प्रयोगकर्ताको पहिचान र पहिचानको स्वामित्व पाउनेछन् । विज्ञापनदातालाई लेखिएको एक चिठीमा मस्कले असान्दर्भिक विज्ञापनलाई स्प्याम (ठगी विज्ञापन) तर सान्दर्भिक विज्ञापनलाई आवश्यक विषयवस्तु (कन्टेन्ट) बताएका छन् । अर्थात् हालको प्रविधि सामन्ती युगमा उपभोक्ताको व्यवहार परिवर्तन गर्न नसक्ने विज्ञापन ठगी हुन् र बाँकी आवश्यक विषयवस्तु । 

ट्विटर सार्वजनिक वृत्त अर्थात् ‘सार्वजनिक चौराहा’ बन्न सक्दैन, किनभने यसका मालिकलाई एक नयाँ प्रविधि सामन्त बन्नु छ । तसर्थ प्रश्न ट्विटर सार्वजनिक वृत्त बन्ने भन्ने नै होइन, बरु मस्क प्रविधि सामन्त शासक वर्गको सदस्य हुन्छन् वा हुन्नन् भन्ने हो । 

(भारुफाकिस ग्रिसका पूर्वअर्थमन्त्री एवं वामपन्थी अर्थशास्त्री हुन्) प्रोजेक्ट सिन्डिकेटबाट

ad
ad