मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
Invalid date format १९:३८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कर्णाली करिडोर : कडा चट्टान छिचोल्ने क्रममा घाइते भएका सैनिकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:३८:oo

कर्णाली करिडोरअन्तर्गत सुनाखाडा खण्डको कडा चट्टानमा काम गर्ने क्रममा घाइते भएका नेपाली सेनाको मृत्यु भएको छ।

आइतबार दिउँसो साढे १२ बजे चोट लागेर घाइते भएका अन्दाजी ३५ वर्षका अमलदार ख्यामराज पोखरेलको मृत्यु भएकाे नेपाली सेनाकाे बराह दल गुल्म रानीवन ब्यारेकले जनाएको छ।

खार्पुनाथ गाउँपालिका–१ मा पर्ने सुनाखाडाको कडा चट्टान छिचोल्ने क्रममा विस्फोट गर्दा ढुंगा लागेर घाइते भएका उनकाे उपचारकाे क्रममा मृत्यु भएको हो।

नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी उनलाई उपचारका लागि नेपालगन्ज लगिएको बराह दल गुल्म रानीवन ब्यारेकका गुल्मपति सुरेन्द्र श्रेष्ठले बताए। उपचारका क्रममा नेपालगन्जस्थित नेपाली सेनाको अस्पतालमा मृत्यु भएको गुल्मपति श्रेष्ठले बताए। छारे र सुनाखाडा खण्डमा काम गर्ने क्रममा हालसम्म दुईजना सैनिकले ज्यान गुमाइसकेका छन्।