मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
Invalid date format १८:o१:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीमा गगनको दाबी अप्राकृतिक : सहमहामन्त्री राठौर 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:o१:oo

कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले पार्टीमा छलफल नगरी प्रधानमन्त्रीको दाबी गर्नु अप्राकृतिक हुने बताएका छन्।

प्रतिनिधिसभा बाँके क्षेत्र नं. ३ बाट विजयी भएपछि पहिलोपटक पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टी र सत्तागठबन्धन दलबीच छलफल नै नगरी प्रधानमन्त्रीको दाबी गर्दै हिँड्नु असान्दर्भिक हुने बताए।
 
महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माप्रति लक्षित गर्दै उनले भने, ‘महामन्त्रीद्वयजस्तै म पनि युवा हुँ। अझ उहाँहरूभन्दा म सिनियर पनि हुँ। निर्वाचनको मतपरिणाम नआउँदै प्रधानमन्त्रीको दाबी गर्दै हिँड्न सुहाउँदैन। यो सरासर गलत छ।’

उनले युवालाई नै प्रधानमन्त्री बनाउने भए पनि पार्टीमा छलफल र बहस चलाउनुपर्ने धारणा राखे। पार्टीमा छलफल नगरी प्रधानमन्त्रीको दाबी गर्ने कार्य अनुशासनभित्र नपर्ने उनको भनाइ छ। 

‘महामन्त्रीद्वय थापा र शर्माजीलाई कांग्रेसले पार्टी बनाउने जिम्मेवारी सुम्पेको छ। पहिले उहाँहरूले पार्टीलाई राम्रो बनाएर देखाउनुपर्यो। अनि मात्र हामीले उहाँहरूलाई विश्वास गर्ने ठाउँ रहन्छ,’ उनले भने, ‘सिनियरलाई पाखा लगाएर जुनियरले दाबी गर्न सुहाउँदैन। प्रधानमन्त्रीका लागि म पनि सक्षम छु, तर अहिले नै दाबी गर्ने पक्षमा म छैन।’

सहमहामन्त्री राठौरले संविधान रक्षा र अधिकार स्थापित गर्न गठबन्धन आवश्यक रहेको औँल्याए। उनले सत्ता प्राप्तिका लागि कांग्रेसले गठबन्धन नगरेको दाबी गरे। 

‘सत्तामा जाने प्रमुख विषय अहिले होइन, अहिले संविधानको रक्षा गर्दै प्राप्त उपलब्धिलाई संस्थागत गर्ने वेला हो। संविधानको रक्षा र प्राप्त उपलब्धिको रक्षाका लागि गठबन्धन आवश्यक छ,’ राठौरले भने।

उनले सिक्टा सिँचाइ आयोजना र भेरी डाइभर्सन आयोजना पूरा गर्न पहल गर्ने बताए। एमालेका कारण सिक्टा सिँचाइ र भेरी डाइभर्सनको आयोजना पूरा हुन नसकेको उनको दाबी छ। 

नवनिर्वाचित सांसद राठौरले आफूले पद, पावर र पैसाका लागि राजनीति नगरेको स्पष्ट पारे। ‘काठमाडौंमा घर, घडेरी र गाडी किन्नका लागि राजनीति गरेकाे होइन। राष्ट्र र राष्ट्रियताका लागि राजनीतिमा होमिएको हुँ,’ उनले भने।