१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १५:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गृहमन्त्रीलाई हराउँदै राप्रपाका बोहरा निर्वाचित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:o६:oo

रुपन्देही ३ मा कांग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाणलाई पराजित गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपक बोहरा निर्वाचित भएका छन्।

 बोहराले २६ सय ८१ मतान्तरले कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका मन्त्री खाणलाई पराजित गरेका हुन्। बोहराले ३६ हजार ७१७ मत पाउँदा खाँणले ३४ हजार ३६ मत प्राप्त गरेको रुपन्देहीका मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले जानकारी दिए। 

उनी २०३६ र २०४२ सालमा रुपन्देहीबाट राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएका थिए। २०७० सालमा रुपन्देही क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्यमा निर्वाचित बोहरा २०७४ को निर्वाचनमा भने तत्कालीन एमाले नेता घनश्याम भुसालसँग क्षेत्र नम्बर ३ बाट पराजित भएका थिए।