
मोरङ प्रतिनिधिसभा ६ अन्तर्गत प्रदेश सभा (ख)मा कांग्रेसका केदार कार्की निर्वाचित भएका छन्। एमालेका कृष्ण बस्नेत (पर्शुराम)लाई एक हजार १८० मतान्तरले पराजित गर्दै कार्की प्रदेश १ सभा सदस्य निर्वाचित भएका हुन्।
निर्वाचित कार्र्कीले १० हजार ४४८ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी एमालेका बस्नेतले ९ हजार २६८ मत पाएका छन्। बस्नेत गत गणना नसकिँदै प्रतिस्पर्धी उम्मेदवार कार्कीलाई बधाई दिएर मतगणना स्थलबाट बाहिरिएका थिए।