सिटौलाविरुद्ध लिङ्देनको जित

बिहिबार, ८ मंसिर, २०७९
डिजिटल संस्करण

झापाको क्षेत्र नं ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन विजयी भएका छन्। कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई पराजित गर्दै लिङ्देन दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्।

लिङ्देनले सिटौलालाई ३ हजार २७६ मतान्तरले पराजित गरेका हुन्। लिङ्देनले ४० हजार ६४८ मत प्राप्त गर्दा सिटौलाले ३७ हजार ३७२ मत पाएका छन्। लिङ्देन यसअघि ०७४ मा पनि यही क्षेत्रबाट सिटौलालाई हराउँदै विजयी भएका थिए। लिङ्देनलाई एमालेको सहयोग थियो भने सिटौला सत्तागठबन्धनबाट उम्मेदवार बनेका थिए।

See More On

सुझावित समाचार