१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १५:३४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

२ प्रतिनिधिसभासहित दैलेखका ५ स्थानमा गठबन्धन, एकमा एमाले विजयी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:३४:oo

दुईवटा निर्वाचन क्षेत्र रहेको दैलेखमा २ वटै प्रतिनिधिसभा र ४ वटा प्रदेश सभाको मतगणना सम्पन्न भएको छ। सम्पन्न मतगणनाको परिणाम अनुसार दैलेखका २ वटा प्रतिनिधिसभा र ३ वटा प्रदेश सभामा गठबन्धनले विजय हाँसिल गरेको छ भने एउटा प्रदेशमा नेकपा एमाले विजयी भएको छ। 

दैलेख प्रतिनिधि सभा १ मा एकिकृत समाजवादीका अमरबहादुर थापा १८ हजार २ सय ५६ मत प्राप्त गरेर विजयी भएका छन्। उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका रविन्द्रराज शर्माले १७ हजार ४ सय ७ मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा राप्रपाका कुन्तीकुमारी शाहीले ४हजार ६ सय २ मत प्राप्त गरेकी छन्।  

प्रदेश १ (क) मा कांग्रेसबाट पूर्ण बहादुर खत्री ले ९ हजार ४ सय ६४  मत ल्याएर विजयी  भएका छन् उनका प्रतिद्धन्द्धी नेकपा एमालेका धर्मराज रेग्मीले ८ हजार बहत्तर मत प्राप्त गरेका छन्। 

प्रदेश १ (ख) मा काँग्रेसका कृष्ण कुमार वि.सीले १० हजार ५ सय ४४ मत ल्याई विजयी भएका छन् उनका प्रतिद्धन्द्धी नेकपा एमालेका प्रेमबहादुर थापाले ९ हजार ४ सय ६८ मत प्राप्त गरेका छन्। 

दैलेख निर्वाचन क्षेत्र नं. २ मा गठबन्धनबाट कांग्रेस दिक्पालकुमार शाहीले २० हजार १५८ मत प्राप्त गरि विजयी भएका छन् । प्रतिद्धन्द्धी नेकपा एमाले लक्ष्मी प्रसाद पोखरेलले २० हजार पचास मत प्राप्त गरेका छन्। 

दैलेख निर्वाचन क्षेत्र नं. २ प्रदेश सभा २ (क) मा कांग्रेसका घनश्याम भण्डारीले १० हजार ३ सय ६९ मत प्राप्त गर्दै विजयी भएका छन् । नेकपा एमाले तीलक रिजालले ८ हजार ८ सय ७९ मत ल्याएर पराजय भएका छन्। 

प्रदेश सभा २ (ख) मा नेकपा एमालेका विनोद कुमार शाहले ९ हजार ४ सय ६४ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिद्धन्द्धी माओवादी केन्द्रका योगेन्द्र शाहीले ९ हजार ३ सय ८१ मत प्राप्त गरेका छन्।

मुख्य निर्वाचन कार्यालय दैलेख र दुल्लूमा विजयी उम्मेदवाहरुको विजय घोषणा कार्यक्रम आयोजना गरेको छ। विजयी भएका दलका नेता तथा कार्यकर्ताहरुले विजय जुलुस सहित उत्साह प्रकट गरेका छन्। विजयी उम्मेदवारहरुले जनता सामु गरेका वाचा पूरा गर्ने प्रतिबद्धतासँगै कानुन निर्माणमा विशेष ध्यान दिने बताएका छन्।

निर्वाचन शान्तपूर्वक सम्पन्न भएको, प्रत्यक्ष र समानुपातिक दुवै तर्फको मतगणना सम्पन्न भएको मुख्य निर्वाचन कार्यालय दैलेखका मुख्य निर्वाचन अधिकृत वलराम लम्सालले जानकारी दिएका छन्।