१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ बैशाख २० बिहीबार १७:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कञ्चनपुर १ मा विना मगर दोब्बर मतले पछाडि 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १७:२१:oo

कञ्चनपुर निर्वाचन क्षेत्र १ मा एमाले, २ र ३ मा कांग्रेसले अग्रता लिएको छ। सोमबारदेखि जारी मतगणना अनुरुप क्षेत्र १ मा प्रतिनिधिसभा सदस्यतर्फ एमालेका तारालामा तामाङ माओवादीकी विना मगरभन्दा दोब्बर मतले अघि छन्।

तामाङले ३ हजार ७०३ ल्याएका छन् भने मगरले १ हजार, ७ सय ४४ मत ल्याएका छिन्। कञ्चनपुर २ मा कांग्रेसका एनपी साउदले एमालेका नरबहादुर धामीलाई पछ्याउँदै अग्रता लिएका छन्। साउदले ५ हजार ४१८ र धामीले ४ हजार, ७४७मत ल्याएका छन्। 

कञ्चनपुर ३ मा कांग्रेसका रमेश लेखकले एमालेका निरुदेवी पाललाई दोब्बर मतले अग्रता लिएका छन। लेखकले ९हजार, ९सय २१, पालले ५ हजार, ७५३मत ल्याएकी छिन्। क्षेत्र १ मा ६४ हजार २१६, २ मा ६६ हजार १४६ र ३ मा ५७ हजार, ९५५मत खसेका थिए। 


 

ad
ad