१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नवीन के‍सी अर्घाखाँची
२o८१ बैशाख २३ आइतबार १३:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

अर्घाखाँचीमा मतगणनाको तयारी 

Read Time : < 1 मिनेट
नवीन के‍सी, अर्घाखाँची
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १३:o१:oo

अर्घाखाँचीमा मत गणनाको तयारी पुरा भएको छ । सर्वदलीय बैठक सम्पन्न भएकाले केही समय पछि मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृत डाक्टर श्रीकृष्ण भट्टराईले जानकारी दिए ।

आइतबार ९८ स्थायी मतदान स्थलका २ सय २ वटा केन्द्रमा मतदान सम्पन्न भएको थियो । जिल्लामा ५४ प्रतिशत मत खसेको छ । जसमा महिला ४९ हजार १८ र पुरुष ४० हजार ५ सय १३ गरी जम्मा ८९ हजार ५ सय ३१ मत खसेको जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीका प्रमुख सुरेश भण्डारीले जानकारी दिए ।

प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना एकै समयमा सुरु गर्नुपर्ने भएकाले केही समय ढिला हुन गएको भट्टराईले बताए । मतगणनास्थलमा तीन तहको सुरक्षा व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी सशिधर घिमिरेले बताए ।

यस्तै, मतगणना स्थललाई तार, जाली लगाइएको छ । मतगणनामा बस्ने दलका प्रतिनिधिहरूको तयारीमा ढिलाइ भएकोले गणना कार्य पछि धकेलिएको हो ।  यहाँ वाम-लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधसभामा पुष्पा भुसाल  र एमालेबाट टोपबहादुर रायमाझी चुनावी प्रतिस्पर्धामा छन् । 

ad
ad