१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
समाचार डिजिटल संस्करण

सर्लाहीमा फर्जी मत खसाल्न खोज्ने दुईजना पक्राउ

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
Invalid date format १७:१७:oo

सर्लाहीका दुई मतदान केन्द्रबाट फर्जी मत हाल्न खोज्ने दुईजना पक्राउ परेका छन्। प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत आइतबार भएको मतदानमा फर्जी मत खसाल्न खोज्ने दुईजना पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार जिल्लाको बागमती नगरपालिका र बलरा नगरपालिकाको मतदान केन्द्रबाट फर्जी मत हाल्न खोज्ने दुईजना पक्राउ परेका हुन्। पक्राउ पर्नेहरूमा बागमती नगरपालिका– १२ का २० वर्षीय मुस्कान मोक्तान र बलरा नगरपालिका– ४ जब्दीका २८ वर्षीय आदित्य सिंह रहेका छन्।

मोक्तानले सोही स्थानको बथनिया प्रावि मतदान केन्द्रबाट र सिंहले जब्दी प्रावि मतदान केन्द्रबाट अरूको नामबाट मत दिन खोजेकाे बताइएको छ। पक्राउ परेका दुवैलाई निर्वाचन ऐनअनुसार कारबाही गरिने जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रमुख प्रहरी उपरीक्षक प्रविन पोखरेलले जानकारी दिए।