मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०८० जेठ २० शनिबार
  • Saturday, 03 June, 2023
२०७९ मङ्सिर ४ आइतबार ०९:१२:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

नेकपा एसका अध्यक्ष नेपालद्वारा रौतहटको गौरमा मतदान

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ४ आइतबार ०९:१२:००

नेकपा एकीकृत समाजवादी (एस)का अध्यक्ष माधव कुमार नेपालले रौतहटको गौर वडा नम्वर २ मा मतदान गरेका छन । पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले गौरस्थित राम जानकी प्राविमा विहान मतदान गरेका हुन् ।

रौतहट जिल्लामा दुई सय ७६ स्थायी र दुई अस्थायी मतदान स्थल छन् । जिल्लामा ५ सय २३ मतदान केन्द्र रहेका छन् । तीमध्ये एक सय ४९ मतदानस्थल अतिसंवेदनशील र एक सय एक मतदान स्थल संवेदनशील सूचीमा छन् । समाचार तयार पार्दासम्म जिल्लाका सबै मतदान स्थलमा शान्तिपूर्ण रुपमा मतदान भैरहेको छ ।