१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o८:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

दुई मिलियन पाउन्डमा बिक्यो म्याराडोनाले हातले गोल गरेको बल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:२७:oo

सन् १९८६ को विश्वकपअन्तर्गत क्वार्टरफाइनलमा अर्जेन्टिनी कप्तान डिएगो म्याराडोनाले ‘हातले गोल’ गरेका थिए । म्याराडोनाले यस गोललाई ‘ह्यान्ड अफ गड’ अर्थात् भगवान्को हात भनी प्रचार गरे । विश्वकप इतिहासमा म्याराडोनाको हातले गरेको गोल सर्वाधिक विवादास्पद र चर्चित छ । म्याराडोनाकै विवादास्पद गोलको सहयोगमा अर्जेन्टिनाले इंग्ल्यान्डलाई २–१ ले हराएको थियो । त्यही हातले गोल गरेको बल बिक्री भएको छ । 

अक्सनमा बलको सुरुवाती मूल्य १.४ मिलियन पाउन्ड राखिएको थियो । लिलामीमा बलको मूल्य बढ्दै गयो । दुई मिलियन पाउन्डमा बलको बिक्री भएको बेलायती एजेन्सीले जनाएको छ । मेक्सिको विश्वकपमा एडिडास कम्पनीको बल प्रयोग भएको थियो । क्वार्टरफाइनल खेलेका ट्युनिसियाका रेफ्री अली विन नासेर महान् खेलाडीको चिह्नका रूपमा बल बिक्री हुनु राम्रो भएको प्रतिक्रिया दिएका छन् । 

‘सन् १९८६ को विश्वकपमा प्रयोग भएको बल आफैँमा ऐतिहासिक हो, यो सर्वसाधारणको पहुँचमा पुग्नुपर्छ,’ अलीले भने, ‘बल किन्ने व्यक्तिले यसको सम्मान गर्नेछन् ।’ इंग्ल्यान्डविरुद्धको क्वार्टरफाइनलमा म्याराडोनाले लगाएको १० नम्बरको जर्सी ७.१ मिलियन पाउन्डमा बिक्री भएको थियो । गत जुलाईमा जर्सी अक्सनमा राखिएको थियो । जसलाई इंग्लिस समर्थक स्टिभले किनेका थिए । सन् २०२० को नोभेम्बरमा म्याराडोनाको निधन भएको थियो ।

ad
ad