Skip This
निर्वाचनका लागि कास्कीमा दुई हजार ७५२ कर्मचारी खटिए      
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर २ शुक्रबार
  • Saturday, 27 July, 2024
२o७९ मङ्सिर २ शुक्रबार १o:५९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

निर्वाचनका लागि कास्कीमा दुई हजार ७५२ कर्मचारी खटिए      

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर २ शुक्रबार १o:५९:oo

एक सय ५० मतदानस्थल र तीन सय ४४ मतदान केन्द्र, दुई लाख ८१ हजार आठ सय ३३ मतदाता  

मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि कास्कीमा  दुई हजार सात सय ५२ जना कर्मचारी खटिएका छन् । निर्वाचन सम्पन्न गर्न कर्मचारीसँगै प्रत्येक मतदान केन्द्रमा तीनदेखि चारजना सहयोगीसमेत खटिने प्रदेश निर्वाचन कार्यालय गण्डकीका प्रमुख हुमनाथ पराजुलीले जानकारी दिए । पराजुलीका अनुसार एक मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र ६ जना कर्मचारीसँगै थप तीनदेखि चारजना सहयोगी खटिनेछन्।

निर्वाचन कार्यालयले पत्रकार सम्मेलन गरी निर्वाचनको तयारीको काम सबै पूरा भएको जानकारी दिएको छ । कर्मचारीदेखि सुरक्षाकर्मी खटाउने काम सबै सम्पन्न भएको र बिहीबारै निर्वाचन अधिकृत सूचना टाँसका लागि आ–आफ्नो मतदान केन्द्रमा पुगेको पराजुलीले जानकारी दिए । 

निर्वाचनमा खटिएका कर्मचारी बिहीबारै निर्वाचन सामग्री बुझेर आ–आफ्नो मतदान स्थलतर्फ लागेका छन् । पराजुलीका अनुसार निर्वाचनका लागि आवश्यक मतदाता परिचयपत्र, रबर म्याट, स्वस्तिक छाप, लाहा, मतपेटिका सुरक्षण सिल, स्टिकर, स्ट्याम्प प्याड, मसी, मतपेटिका, कपडा, कैँची, स्केल, कागज, सियो, धागो, सलाई, ब्रोसर, लाहा, खाम, बोरा, थैलोलगायत सामग्री बुझेर उनीहरू आ–आफ्नो केन्दतर्फ प्रस्थान गरे ।

खटिएका कर्मचारी कोही बिहीबारै पुगेका छन् र कोही शुक्रबारसम्म आ–आफ्नो मतदान स्थलमा पुग्नेछन् । निर्वाचन सामग्री लिन आउने कर्मचारीको निर्वाचन अधिकृतको कार्यालयमा बिहीबार दिनभर भिड लागेको थियो । पत्रकार सम्मेलनमा कास्कीका मुख्य निर्वाचन अधिकृत प्रकाश खरेल, कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले ढुक्क भएर मतदानमा सहभागी हुन मतदातालाई आग्रह गरेका थिए । 

एक सय ५० मतदानस्थल र तीन सय ४४ मतदान केन्द्र  

एक महानगर र चार  गाउँपालिका रहेको कास्कीमा प्रतिनिधिसभाका लागि तीन र प्रदेश सभाका लागि ६ निर्वाचन क्षेत्रमा गरी कुल एक सय ५० मतदानस्थल र तीन सय ४४ मतदान केन्द्र रहेका छन् । मतदानस्थलमध्ये जिल्लामा सबैभन्दा धेरै मतादाता क्षेत्र नम्बर दुईको (क)मा पर्ने पोखरा– १७ स्थित पार्दी माविमा रहेका छन् । जहाँ ६ मतदान केन्द्र र पाँच हजार तीन सय ५० जना मतदाता रहेका छन् ।  

दुई लाख ८१ हजार आठ सय ३३ मतदाता 
निर्वाचनमा दुई लाख ८१ हजार आठ सय ८३३ जनाले मतदान गर्नेछन् । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनपछि कास्कीमा नौ हजार सात सय ३५ जना मतदाता थप भएका थिए । कुल मतदातामध्ये एक लाख ३९ हजार ४२ जना पुरुष, एक लाख ५२ हजार पाँच सय २२ जना पुरुष र अन्य चार जना रहेका छन् । 

जिल्लाको क्षेत्र नम्बर १ मा कुल मतदाताको संख्या एक लाख १० हजार सात सय १५ जना रहेको छ । सोही क्षेत्रको प्रदेश (क)मा ५८ हजार चार सय ४५ र प्रदेश (ख)मा ५२ हजार दुई सय ७० जना मतदाता रहेका छन् । क्षेत्र नम्बर २ मा कुल मतदाता ७९ हजार एक सय ३८ जना रहेका छन् । सोही क्षेत्रको प्रदेश (क) मा ४२ हजार दुई सय ८२ र प्रदेश (ख) मा ३६ हजार आठ सय ५६ जना मतदाता रहेका छन् ।

यसैगरी, कास्की क्षेत्र नम्बर ३ मा कुल मतदाताको संख्या एक लाख एक हजार सात सय १५ जना रहेका छन् । सोही क्षेत्रको प्रदेश (क) मा ५२ हजार आठ सय ६२ र प्रदेश ख मा ४८ हजार आठ सय ५३ जना मतदाता रहेका छन् ।