१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १८:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

विकृत राजनीतिमाथि व्यंग्य गर्ने ‘झोले’ सार्वजनिक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १८:३७:oo

युवा साहित्यकार यशोदा गैरेको जनचेतनामूलक गीत ‘झोले’ सार्वजनिक भएको छ। आसन्न निर्वाचनको पूर्वसन्ध्यामा विकृत राजनीतिलाई व्यंग्य गर्दै सार्वजनिक गरिएको गीतमा व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन हुन नसकेको देखाइएको हो। 

यशोदा गैरेले निर्माण गरेको गीतमा सात सालदेखिको परिवर्तन खेर गएको, महँगी बढेको, जनताको जीवनस्तर गरिबीमै रहे पनि दलको झोला बोक्न नछोडेको, मतमा स्वतन्त्र विवेक प्रयोग नगरेको भन्दै सन्देश दिन खोजिएको छ। मूल्य मान्यताको राजनीति पनि हराउँदै गएकामा चिन्ता गरिएको गीतमा अवस्था बदल्ने गरी उपयुक्तलाई मत दिन भनिएको छ। पैसा र प्रलोभनमा मत नदिन अपिल गरिएको छ। गणतन्त्रलाई संस्थागत गर्न अब सचेत हुनुपर्ने भन्दै जनताको जागरुकतामा गीतले जोड दिएको छ। 

ad
ad