Skip This
पर्यटनमन्त्री श्रेष्ठले मरणोपरान्त अंगदान गर्ने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर १ बिहीबार
  • Saturday, 27 July, 2024
फाइल तस्बिर
रासस काठमाडौं
२o७९ मङ्सिर १ बिहीबार ११:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पर्यटनमन्त्री श्रेष्ठले मरणोपरान्त अंगदान गर्ने

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o७९ मङ्सिर १ बिहीबार ११:३६:oo

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले आफ्ना शरीरका विभिन्न अंग मृत्युपश्चात् जुनसुकै बिरामीलाई प्रत्यारोपण गर्ने गरी दानको घोषणा गरेका छन्। 

मन्त्री श्रेष्ठले मृत्युपश्चात् मिर्गौला, मुटु, फोक्सो, कलेजो, प्याङ्क्रियाज, सानो आन्द्रा दान दिने मञ्जुरीनामामा हस्ताक्षर गरेका हुन्। मञ्जुरीनामामा भनिएको छ, ‘मेरो मृत्युपश्चात् मेरो शरीरबाट मिर्गौला, मुटु, फोक्सो, कलेजो, प्याङ्क्रियाज, सानो आन्द्रा झिकी मिर्गौला, मुटु, फोक्सो, कलेजो, प्याङ्क्रियाज, सानो आन्द्रा आवश्यक भएको जुनसुकै बिरामी व्यक्तिको शरीरमा प्रत्यारोपण गर्न मेरो मञ्जुरी भएकाले मानव शरीरको अंग प्रत्यारोपण ‘नियमित तथा निषेध’ ऐन २०५५ को दफा १६ को उपदफा (१) को खण्ड (ख) बमोजिम जानीबुझी स्वेच्छाले यो मञ्जुरीनामा लेखिदिएको छु।’

आफूले दान गरेका अंगबाट कुनै बिरामीले पुनर्जीवन पाउने भएकाले अंगदानको घोषणा गरेको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ।