मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ कार्तिक ३० बुधबार ०९:४५:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

प्रोजेक्टर जोडेर घरमै विश्वकप 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ कार्तिक ३० बुधबार ०९:४५:००
लीलानाथ अधिकारी, व्यवसायी 

तपाईंले घरमै प्रोजेक्टर जोडेर विश्वकपको आनन्द लिने योजना बनाउनुुभएको छ ? यसका लागि चिन्ता लिनुपर्दैन । अहिले विभिन्न किसिमका प्रोजेक्टर बजारमा उपलब्ध छन् । टेलिभिजनमा प्रसारण भएको भिडियोलाई आफ्नो सुविधाअनुसार ठूलो पर्दामा हेर्न सक्नुहुन्छ ।

डिस होम, नेटटिभी, युट्युबबाट सजिलै प्रोजेक्टर जोडेर हेर्न मिल्छ । त्यसका लागि सेटअप बक्सबाट एचडिएमआई केबलको सहयोगमा प्रोजेक्टर जोडेर लाइभ प्रसारण गर्न मिल्छ । सेतो कपडाको पर्दा पनि किन्न पाइन्छ । यद्यपि, घरको भित्ता सफा छ भने त्यसमै हेर्न पनि सकिन्छ । 

एक सयदेखि दुई सय इन्चसम्म पर्दा भएका प्रोजेक्टर बजारमा छन् । मोबाइलबाट पनि जोडेर हेर्न मिल्ने प्रोजेक्टर बजारमा पाइन्छ । तर, त्यसको मूल्य महँगो पर्न आउँछ । स्क्रिन सेयर गरेर मोबाइलबाट पनि जोड्न मिल्ने साथै युट्युब पनि चलाउन मिल्छ । 

बजारमा विभिन्न मूल्यका प्रोजेक्टर पाइन्छन् । तर, सस्तो छ भन्दैमा लामो समय नटिक्ने र क्लियर नदेखिने प्रोजेक्टर खरिद गरेर हुँदैन । मूल्य राम्रै परे पनि टिकाउ हुने खालका प्रोजेक्टर खरिद गर्नुपर्छ । यसका लागि प्रोजेक्टरबारे राम्रोसँग बुझेका मानिससँग सल्लाह लिन सकिन्छ ।