म्युनिख ओलम्पिकको त्यो त्रासद बिहान

जितबहादुर केसी जितबहादुर केसी
शनिबार, २० माघ, २०८०
डिजिटल संस्करण

नेपालबाट छनोट भएर भक्तबहादुर सापकोटा र म म्युनिख ओलम्पिक १९७२ का लागि तीन महिनाअघि नै जर्मनी गयौँ । पाकिस्तान, इन्डिया, बंगलादेश, श्रीलंकालगायत एसियाली देशका खेलाडीलाई कोलोन सहरमा राखिएको थियो । ओलम्पिक सुरु हुनुअघि त्यहाँ रहेका एसियाली देशका खेलाडीबीचको प्रतिस्पर्धामा म पहिलो भएँ । दुई घन्टा २३ मिनेटमै उक्त दौड पूरा गरेँ । त्यसपछि पत्रपत्रिकामा फोटोसहित मेरो नाम छापियो । त्यहाँका मानिसले खेलाडीलाई बेग्लै सम्मान गर्ने, जब कि नेपालमा त्यतिवेला खेलाडी, प्रशिक्षक, खेलसँग सम्बन्धित व्यक्तिलगायत सीमित केही मानिसलाई मात्रै म्याराथनबारे मतलब हुन्थ्यो ।

 
एकपटक काठमाडौंबाट चार–पाँचजना खेलाडी गोदावरीतर्फ कुद्न जाँदा स्थानीयले चोर भन्ने ठानेर कुकुर नै फुकाइदिएका थिए । काठमाडौंमा कहिले खाली खुट्टा त कहिले बाटा कम्पनीको सेतो जुत्ता (अहिले स्कुल जाने बच्चाले लगाउनेजस्तो) लगाएर कुद्दा भोगेका यस्ता कस्टकर अनुभव धेरै छन् । यसरी दुःखमा खेल्ने बानी परेकाले कोलोनमा म्याराथन जुत्ता लगाएर कुद्दा केही अफ्टेरोसमेत महसुस भएको थियो । त्यहाँको ट्र्याकसुट निकै स्तरीय थियो । काठमाडौं फर्किएपछि अन्य खेलाडी त्यो ट्र्याक देखेर छक परेका थिए । ट्रेनिङ राम्रो चल्दै थियो । 


ओलम्पिकको सुरु भएको पहिलो साता (उद्घाटन २६ अगस्ट) निकै रमाइलो रह्यो । हामी दुई खेलाडीसहित ओलम्पिकमा सहभागी हुन नेपालबाट राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव कुमार खड्गविक्रम शाह, उनकी पत्नी शारदा शाह (राजा महेन्द्रकी माइली छोरी), प्रशिक्षक लक्ष्मणविक्रम शाह तथा अन्य पदाधिकारीसमेत गरेर झन्डै आठजनाको टिम जर्मनीमा थियो ।

शारदाले भनेपछि मैले मुन्टो बटारेर सिसाबाट पल्लोपट्टिको अपार्टमेन्ट नियालेँ । त्यहाँ सिसाभित्र एकजना मानिस पिन थुतेको ग्रिनेड बुढीऔँलाले च्यापेर बसेको थियो । ऊसँगैका अन्य चारजनाको हातमा स्टेन गन थियो । दुईजना मरिसकेका थिए । उनीहरूको रगत बगिरहेको थियो । नौजनालाई पाता कसेर राखिएको थियो ।

ओलम्पिक भिलेजमा उपलब्ध सुविधाको त के कुरा गर्नु ? हामी नेपालबाट गएकालाई अचम्म लाग्ने नै भयो । त्यही जमानामा पनि कफी, जुस, बियर जे खान मन लाग्यो, स्विच अन गरेपछि धाराबाट आउने मेसिन प्रत्येक कोठामा थियो । पर्दा खोलेपछि चारैतिर छर्लङ्गै देखिने सिसा र काठका घरमा हामी थियौँ । प्रत्येकलाई अलग–अलग कोठाको व्यवस्था थियो । अन्डरग्राउन्डमा खेलाडीको रिफ्रेसमेन्टका लागि टेबुल टेनिस, ब्याडमिन्टनलगायत विभिन्न खेल खेल्न मिल्ने व्यवस्था थियो । आश्चर्य, हामीलाई मात्रै होइन, विदेशीलाई पनि हामी देखेर लाग्थ्यो । हाम्रो झन्डा, नेपाली दौरा–सुरुवाल, ढाकाटोपीलाई धेरैले तारिफ गर्थें । हाम्रोमा ड्युटी बसेको पुलिस मेरो टोपी देखेर लोभिएको थियो । ऊ भन्थ्यो, ‘नेपाल फर्किंदा तिम्रो क्याप चिनो छाडेर जानू ।’ मैले हुन्छ भनेको थिएँ ।


१०औँ दिन उसै निद्रा परेको थिएन । अन्डरग्रान्डमा मानिस खेलिरहेको चर्को आवाजले झनै डिस्टर्ब भयो । राति १ बजेपछि दूध पिएँ । बल्ल निदाएछु । बिहान ४ः३० बजे ढोका ढकढक गरेको चाल पाएपछि निद्रा फेरि खुल्यो । जाने वेला दिन्छु भनेकै छु, बिहानै–बिहानै टोपी माग्न किन आएको होला ?’ मलाई त्यो पुलिससँग औधी रिस उठ्यो । ढोकामा आवाज थप चर्को सुनिएको थियो । 

जर्मन अधिकारीले हामीलाई तत्कालै बाहिर निस्कनुस् भने । त्यति धेरै खेलाडी बस्ने ठाउँबाट निस्कनका लागि दुईवटा मात्रै गेट खुला थियो । सबैजना तँछाड–मछाड गरिरहेका वेला अधिकारीहरूले फेरि निस्कनुपर्दैन भने । कुकुरहरूले ती दुई अतिवादीलाई सुँघेर पत्ता लगाइसकेका रहेछन् । घाइते अवस्थाका उनीहरूलाई भिलेजमा ल्याइयो । 


झर्कंदै ढोका खोलेको त शारदा सरकारले ढकढक्याउनुभएको रहेछ । ‘उता हेर्नुस् त,’ शारदाले भनेपछि मैले मुन्टो बटारेर सिसाबाट पल्लोपट्टीको अपार्टमेन्ट नियालेँ । त्यहाँ सिसाभित्र एकजना मानिस पिन थुतेको ग्रिनेड बुढीऔँलाले च्यापेर बसेको थियो । ऊसँगैका अन्य चारजनाको हातमा स्टेन गन थियो । दुईजना मरिसकेका थिए । उनीहरूको रगत बगिरहेको थियो । नौजनालाई पाता कसेर राखिएको थियो । मृतक र बन्दी सबै इजरायली थिए । 


पिन थुतेको भनेको फायर खोल्न स्ट्यान्ड बाई भएको हो, बुढीऔँला निकाल्नासाथ त्यो ग्रिनेड पड्कनेवाला थियो । आर्मीको जागिरे भएकाले यति कुरा बुझ्न सक्थेँ, त्यहीकारण अरूभन्दा ज्यादा चिन्तित थिएँ, ‘कतै ग्रिनेड हामीतिर फालिदियो भने ?’


सबै नेपाली हत्तपत्त बाहिर निस्कियौँ । बाहिर त ठूलो संख्यामा सेना परिचालन भइसकेको रहेछ । अन्य देशका खेलाडी पनि निस्किएका थिए । अब त कोठामा फर्कन डर थियो । जर्मन सरकारले ‘खेलाडीलाई नमार्नु हामी वार्ताद्वारा तिमीहरूका माग पूरा गर्न तयार छौँ’ भनेर ती आतंककारीलाई फकाइरहेको थियो । जर्मनीका गृहमन्त्रीले त ‘बरु मलाई समात्, उनीहरूलाई छोडिदेऊ पनि भनेछन् ।’ तर, उनीहरू मानिरहेका थिएनन् । इजरायलमा बन्दी बनाइएका दुई सयभन्दा धेरै प्यालेस्टिनी रिहा गर्नुपर्ने उनीहरूको माग रहेछ । तर, यो माग पूरा गर्न इजरायल सरकार तयार थिएन । खेलाडीलाई बन्धक बनाइराख्ने, मार्ने धम्की दिने, अनि जर्मनीमा दबाब सिर्जना गर्ने अतिवादीको योजना रहेछ ।


चाहेको भए जर्मनीले क्षणभरमै उक्त अपार्टमेन्ट नै ध्वस्त गरेर सबै आतंकवादीलाई खरानी पारिदिन सक्थ्यो, तर खेलाडी बचाउने प्रयास जारी थियो । हामीले भिलेजभित्रै टिभीमा यी सबै घटनाक्रम र समाचार नियालिरहेका थियौँ । सहमति जुट्यो भन्ने खबर आयो । अतिवादीहरूले बन्धक बनाइएका खेलाडीलाई प्लेनमा बोकेर इजिप्टको कायरो लैजाने, उनीहरूलाई जर्मनीले अवरोध नगर्ने, उनीहरूले पनि खेलमा अवरोध नगर्ने । 


साढें ९ बजेतिर दुईवटा हेलिकोप्टर भिलेजमा आए । त्यसको एक घन्टापछि बन्धकलाई लिएर अतिवादीहरू  हेलिकोप्टर चढे । नाइकेले ग्रिनेड बोकिरहेकै थियो, प्रशिक्षक तथा खेलाडीहरू बाँधिएकै अवस्थामा थिए । अन्य अतिवादीले बन्दुक ताकिरहेकै थिए । हामी ट्वाल्ल परेर यी सबै घटनाक्रम टिभीमा हेरिरहेका थियौँ । म्युनिखसँग जोडिएको फुस्र्टनफेल्डब्रुकस्थित सैनिक विमानस्थलमा उनीहरूलाई लगिएछ । 


त्यहाँ अतिवादीहरूलाई घेरा हालेर जर्मन सैनिकले खेलाडी तथा प्रशिक्षक रिहा गर्न दबाब दिएछ । तर, यो प्रयास सफल भएन । अतिवादीहरूले सबै नौ खेलाडीलाई मारे, एक जर्मन प्रहरी पनि मारिएछन् । जर्मन सेनाले पनि अतिवादीमाथि गोली चलाएर तीनजनालाई ठहरै पारेछ । यी लास भेट्टाउन जर्मन कुकुरलाई धेरै समय लागेन । निकै चाँडो समाचारमा यो विवरण आइसकेको थियो । बाँकी दुई अतिवादी गायब थिए । भोलिपल्ट, उनीहरूलाई खोज्न ओलम्पिक भिलेजमा कुकुर तैनाथ गरिने भयो । जर्मन अधिकारीले हामीलाई तत्कालै बाहिर निस्कनुस् भने । त्यति धेरै खेलाडी बस्ने ठाउँबाट निस्कनका लागि दुईवटा मात्रै गेट खुला थियो । सबैजना तँछाड–मछाड गरिरहेका वेला अधिकारीहरूले फेरि निस्कनुपर्दैन भने । कुकुरहरूले ती दुई अतिवादीलाई सुँघेर पत्ता लगाइसकेका रहेछन् । घाइते अवस्थाका उनीहरूलाई भिलेजमा ल्याइयो । 


यसपछि ओलम्पिक कमिटीले शोकसभा राख्यो । खेलाडी बन्धक रहँदाको अवधिमा खेल सञ्चालन भएको थिएन । तर, उनीहरूको निधनलगत्तै खेल थालियो । ‘आतंकवादले ओलम्पिक खेलको भावनामा अवरोध गर्न सक्दैन’ भन्ने सन्देश दिन यस्तो निर्णय गरिएको रहेछ ।  


घाइते आतंकवादीलाई ओलम्पिक अवधिभर भिलेजमै राखिएको थियो । नमरोस्, दुःख मात्रै पाइरहोस् भनेर दैनिक एक चम्चा खोले खान दिइन्थ्यो । जर्मन प्रहरीले उनीहरूको शरीरमा दुख्ने औषधि पनि छर्केर गएका थिए । उनीहरू चिच्याउँथे, शरीरमा किरा पर्न थालेकोे थियो, त्यही टिपेर खान्थे । बाहिरबाट प्रस्ट देखिने गरी खुला सिसाभित्रै उनीहरूलाई राखिएको थियो । निर्मम सजाय दिने जर्मन अधिकारीको नीति थियो । 


उत्साह खासै बाँकी थिएन । अन्तिम दिन (११ सेप्टेम्बर) म्याराथनको प्रतिस्पर्धामा २१ किलोमिटर दौडिएपछि म भक्लक्कै लडेँ । टाउकोमा कसैले झ्याप्प हिर्काएजस्तो लागेको थियो । देब्रे खुट्टा क्रयाम्प (ऐंठन) भएको रहेछ । चोटका कारण दौड पूरा गर्न नसके पनि मलाई पछुतो छैन । नेपालमा घाइते भएको भए खेलजीवन त्यतिवेलै सकिन्थ्यो । जर्मनीमा भएकाले उपचार राम्रै पाइयो । 


एक वर्षपछि फिलिपिन्सको मनिलामा भएको एसियन ट्र्याक एन्ड फिल्डमा काँस्य जितेँ, नेपाली खेल इतिहासकै पहिलो अन्तर्राष्ट्रिय पदक विजेता भनेर चिनिन पाउँदा खुसी लाग्छ ।ह 

सम्पादकको रोजाइ

सुझावित समाचार