मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ १७ बुधबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ भदौ १७ बुधबार o७:१७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भोटेकोशी बाढी अपडेट : हालसम्म १ हजार १ यस २७ जनाको शव फेला 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ भदौ १७ बुधबार o७:१७:oo

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार बिहान ०५:०० बजे सम्म १ हजार १ सय २७ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा ४५ जना, नुवाकोटमा १ सय ५५ जना, धादिङमा ५९ जना, चितवनमा ३ सय ४८ जना, गोरखामा ६६ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय १७ जना, नवलपरासी पश्‍चिम १ सय ९० जना र भारतमा ९ जना गरी १ हजार १ सय २७ जनाको शव फेला परेको हो ।

फेला परेको शवहरू मध्ये १ हजार १ सय १३ को जाँच मुचुल्का सम्पन्न भएको छ भने ९५ वटा शव आफन्तलाई हस्तान्तरण गरिएको छ । साथै, पहिचान नभएको ९ सय ११ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।

बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय १२ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । बाढी प्रभावित क्षेत्रहरूबाट ६ हजार ५ सय ४१ जनाको उद्दार गरिएको छ भने हालसम्म बेपत्ता भएका ४ हजार ८ सय ५८ जनाको खोजी कार्य भइरहेको छ ।

प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ ।