मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १९ बिहीबार
  • Thursday, 04 September, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ भदौ १९ बिहीबार १५:o२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नौ प्रकारका रोगको उपचार निःशुल्क छ : स्वास्थ्यमन्त्री पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ १९ बिहीबार १५:o२:oo

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नौ प्रकारका स्वास्थ्य सेवा निःशुल्क रहेको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री पौडेलले स्थानीय तह, प्रदेश र संघका विभिन्न स्वास्थ्य केन्द्रहरूमा नौ प्रकारका स्वास्थ्य सेवा निःशुल्क भएको जानकारी दिए ।

उनले देशभर ११ हजार दुई सय ९५ स्वास्थ्य संस्था रहेकाे जानकारी दिए । जसमा सरकारी स्वास्थ्य संस्था आठ हजार ८७४ मध्ये आठ हजार ६२५ स्थानीय तह स्वास्थ्य संस्था भएको बताए ।  स्वास्थ्य चौकी, आयुर्वेद औषधालय, सहरी ग्रामीण स्वास्थ्य केन्द्र, आधारभूत अस्पताल स्थानीय तहका भएको उल्लेख गरे ।  प्रदेश स्तरमा १८४ स्वास्थ्य संस्था र संघीय स्तरमा ४६ स्वास्थ्य संस्था, सामुदायिक र निजी गरी कुल दुई हजार ४२१ वटा स्वास्थ्य संस्थाहरू रहेको उल्लेख गरे ।

स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच सुनिश्चित आधाभूत स्वास्थ्य सेवा र आकस्मिक स्वास्थ्य सेवाको प्रारम्भिक उपचार निःशुल्क उपलब्ध गराउने कार्यान्यवनस्वरूप खोप, परिवार स्वास्थ्य, सरुवा रोग, नसर्ने रोग, मानसिक रोगलगायत सेवाहरू निःशुल्क उपलब्ध गराएको बताए । 

छुटाउनुभयो की ?