मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १९ बिहीबार
  • Thursday, 04 September, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ भदौ १९ बिहीबार १४:o१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

शक्तिका आधारमा इलाका व्यवस्था प्रशासन शाखा नबनोस् : सांसद भण्डारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ १९ बिहीबार १४:o१:oo

नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले शक्तिका आधारमा इलाका व्यवस्था प्रशासन शाखा नबनोस् भनेर सरकारलाई सुझाव दिएका छन् । बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद भण्डारीले सरकारले इलाका प्रशासन कार्यालयहरू त्यही जिल्लामा स्थापना गर्ने तयारी गरिरहेकाले आवश्यकताका आधारमा सबै जिल्लामा लागू गर्न आग्रह गरे । 

नागरिकता, राष्ट्रिय परिचयपत्र, जग्गधनी पत्र र मतदाता नामावलीलगायतका आवश्यक चिजहरू बनाउनका लागि आवश्यकताका आधारमा निर्वाचन क्षेत्र प्रदेशको आधारमा र संघको आधारमा एउटा निश्चत मापदण्ड बनाएर सुरु गर्नुपर्ने उल्लेख गरे ।

कोही सांसद शक्तिशाली हुँदा उसको जिल्लामा हुने र कोही शक्तिशाली नहुँदा अर्काे जिल्लामा नहुने व्यवस्था नहोस् भनेर माग गरे । 

छुटाउनुभयो की ?