मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १९ बिहीबार
  • Thursday, 04 September, 2025
२o८२ भदौ १९ बिहीबार १४:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

न्वागी पर्वमा बागमतीका तीन जिल्लामा सार्वजनिक बिदा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ १९ बिहीबार १४:२३:oo

बागमती प्रदेश सरकारले चेपाङ जातिको मुख्य पर्व न्वागी अर्थात् छोनाम पर्वको अवसरमा सार्वजनिक बिदा दिने भएको छ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै आगामी आइतबार २२ भदौमा मकवानपुरसहित चितवन र धादिङ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

बागमती प्रदेश राजपत्रमा यसअघि प्रकाशित निर्णयअनुसार नै छोनाम पर्वमा चेपाङ समुदायको बाहुल्य रहेका प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरिएको उल्लेख छ।

छुटाउनुभयो की ?