
सहकारी ठगीमा डेढ वर्षदेखि फरार रहेकी राप्रपाकी सांसद गीता बस्नेत १५ लाख रुपैयाँ धरौटीमा छुटेकी छिन्। जिल्ला अदालत, नवलपुरले उनलाई बुधबार १५ लाख रुपैयाँ धरौटीमा छाडेको हो ।
कावासोतीको छिपछिपे सहकारीको १६ करोड हिनामिनाको मुद्दामा उनी फरार थिइन्। प्रहरीले २० जेठ २०८१ मा उनीसहित ३५ विरुद्ध मुद्दा दायर गरेको थियो । लामो समय फरार भएकी उनी बुधबार अदालतमा उपस्थित भएकी थिइन्। जिल्ला न्यायाधीश कमल ज्ञवालीको इजलासले उनलाई धरौटीमा छाड्ने आदेश दिएको हो। बैंक ग्यारेन्टी बुझाएर उनी बुधबार नै रिहा भएको जिल्ला अदालतका श्रेस्तेदार प्रेम प्रसाद पौडेलले बताए ।