मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १८ बुधबार
  • Wednesday, 03 September, 2025
तस्बिर सौजन्य: एनएसजेएफ
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ १८ बुधबार २३:५७:oo
Read Time : < 1 मिनेट
खेलकुद

पहिलो खेलमै नेपालको फराकिलो हार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ १८ बुधबार २३:५७:oo

नेपालले  एएफसी यु–२३ एसियन कप छनोट यात्रा हारबाट सुरु गरेको छ । कमजोर डिफेन्स कारण नेपाल बुधबार घरेलु टोली ताजकिस्तानसँग ४–० ले पराजित भएको हो ।  

नेपालविरुद्ध मुहम्मद अली अजिजबोइभले दुई गोल गरे। यसैगरी, ताजकिस्तानका रहमतजोदा रहमतशो र शरिपोभ डालेरले समान एक गोल गर्दै घरेलु टोलीलाई महत्वपूर्ण ३ अंक दिलाए । 

सुरु देखि नै घरेलु टोलीले नेपाललाई दबाब बनाएको थियो । ३९औं मिनेटमा ताजकिस्तानले नेपालको कमजोर डिफेन्सको फाइदा लिँदै १–० को अग्रता लियो । सिक्स यार्ड बक्सनजिकबाट अजिजबोइभले सहजै गोल गरे । पहिलो हाफमा एक मात्रै गोल बेहोरेको नेपालले दोस्रो हाफमा थप तीन गोल खायो । खेलको अन्तिम समयमा नेपालका डिफेन्डरले एक पछि अर्को गल्ति गर्दा ताजकिस्तानले तीन गोल थपेको हो ।
नेपाल र ताजिकिस्तानको खेल चलिरहदा ८० औं मिनेट मा बत्ती काटिएपछि पाँच मिनेट खेल रोकिएको थियो ।