Skip This
रवि लामिछानेको निवेदनमाथि सुनुवाइ जारी, आदेश आजै आउने
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 11 August, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १५:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रवि लामिछानेको निवेदनमाथि सुनुवाइ जारी, आदेश आजै आउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १५:५४:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रिहाइको माग गर्दै जिल्ला अदालत रुपन्देहीमा दायर गरेको निवेदनमाथि सुनुवाइ जारी छ। निवेदनमाथि सुनुवाइ सकिए आजै आदेश आउने सम्भावना छ।

अदालतका अनुसार निवेदनमाथि सुनुवाइ सकिए आजै आदेश आउने सम्भावना छ।  सहकारी ठगी र संगठित अपराध मुद्दाको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले दिएको निवेदनमाथि न्यायाधीश नारायण सापकोटाको इजलासमा सुनुवाइ भइरहेको छ।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम बैंक जमानत लिई ऐनको दफा ७१ बमोजिम आदेशको माग गर्दै उनले साउन १९ गते अदालतमा निवेदन दिएका थिए। उनले बिगोबराबरको रकम बैंक ग्यारेन्टी लिएर रिहाइ माग गर्दै अदालतमा निवेदन दिएका छन्।