
जिल्ला कारागार कैलालीमा शुक्रबार राति भएको घटनामा गम्भीर घाइते भएका कैलालीको गोदावरी नगरपालिका–२, का आयुष भट्टलाई थप उपचारका लागि काठमाडाैं लगिएको छ ।
उनलाई नेपाली सेनाको स्काइ ट्रकबाट काठमाडाैं पठाइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।
उनको दुवै खुट्टामा गम्भीर चोट छ । भट्टलाई सेती प्रादेशिक अस्पतालको आइसियुमा राखेर उपचार भइरहेको थियो ।
कारागारभित्र कैदीबन्दीको एउटा समूहले अर्को समूहमाथि आक्रमण गर्दा एकजनाको मृत्यु हुनुका साथै ४८ जना घाइते भएका छन् । घाइतेहरूको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । मृतकको शब अस्पतालमै छ ।