Skip This
महिला फिफा वरीयतामा नेपालको कीर्तिमानी फड्को
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २२ बिहीबार
  • Thursday, 07 August, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ श्रावण २२ बिहीबार १४:५५:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

महिला फिफा वरीयतामा नेपालको कीर्तिमानी फड्को

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण २२ बिहीबार १४:५५:oo

नेपाली महिला राष्ट्रिय टोलीले फिफा वरीयतामा ऐतिहासिक उपलब्धि हासिल गरेको थियो। फिफाले आज सार्वजनिक गरेको नयाँ वरीयताअनुसार १३ स्थान सुधार गर्दै नेपाल ८७औँ स्थानमा उक्लिएको हो। यसअघि १००औँ स्थानमा थियो।

यो नेपाली महिला टोलीले हासिल गरेको हालसम्मकै उच्च वरीयता हो। सन् २००३ बाट सुरु भएको महिला वरीयताको इतिहासमा यसअघि २०१७ डिसेम्बर १५ मा प्रकाशित सूचीमा ९१औं स्थान हासिल गर्नु नेपालको सबैभन्दा उच्च वरीयता थियो।

नेपालले पछिल्लाेपटक एसिया कप छनोटमा उत्कृष्ट प्रदर्शन गरेकाे थियाे। तीन खेल खेलेकाे नेपालले श्रीलंकाविरुद्ध ८–० र लाओसविरुद्ध ९–० को जित निकाल्दा उज्वेकिस्तानसँग पेनाल्टी सुटआउटमा ४–२ ले पराजित भएको थियो।

एसियाली देशहरूमा भने नेपाल १६औँ स्थानमा छ। दक्षिण एसियाली देशमध्ये भारत सबैभन्दा माथि छ भने नेपाल दोस्रो स्थानमा छ। भारतको विश्ववरीयता ६७ छ भने एसियाली देशबिच १२औँ स्थानमा छ।

सबैभन्दा धेरै सुधार गर्ने क्रममा २४ स्थानको फड्को मारेको बंगलादेश १०४औँ स्थानमा पुगेको छ। स्पेनले शीर्ष स्थानमा अमेरिकालाई स्थानान्तरण गर्दा अमेरिका दोस्रो स्थानमा झरेको छ।