मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 10 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

यी सात राजमार्ग पूर्ण रूपमा अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:३९:oo

लगातारको वर्षा र बाढी–पहिरोका कारण मुलुकका विभिन्न सात स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध छ । संखुवासभाको भोटेखोला गाउँपालिका– ४, वरुणस्थित कोशी राजमार्ग गएको जेठ २ गतेदेखि पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।

रसुवामा पासाङल्हामु सडकखण्ड पनि बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छ । सिन्धुपाल्चोकमा अरनिको राजमार्ग पहिरोका कारण यही साउन १८ गतेदेखि पूर्ण रूपमा अवरुद्ध छ ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा पूर्वपश्चिम राजमार्ग र लमजुङमा मध्यपहाडी लोकमार्ग पनि पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ । यस्तै, रुकुम पश्चिममा जाजरकोट–डोल्पा भेरी करिडोर सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध छ । देशका केही स्थानका सडकमा यातायातका साधन एकतर्फी सञ्चालन गरिएको प्रहरीले जनाएको छ।