मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २१ बुधबार
  • Wednesday, 06 August, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ श्रावण २१ बुधबार १३:५७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

देश खत्रैसँग चलाइरहेको छु भन्नेहरूकाे तमासा देखिएकाे छ : सांसद झा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण २१ बुधबार १३:५७:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले देश खत्रैसँग चलाइरहेको छु भन्नेहरूले विभिन्न विषयमा तमासा देखाइरहेको आरोप लगाएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा आफ्नो कुरा राख्दै सांसद झाले  भाषा आयोगको सदस्यमा नाम मिलेकै आधारमा राज्यको सेवासुविधा अर्काे व्यक्तिले खाँदासमेत पत्तो नपाउनेहरूले देश कसरी चलाएका छन् प्रस्ट भएको बताए ।

संवैधानिक नियुुक्तिमा तीन वर्षसम्म अर्कैले सेवासुविधा  खाँदा खत्रासँग देश चलाउँछु भन्नेहरूको तमासा देखिएको उल्लेख गरे । यो घटनाले देश कसरी चलेको छ भन्ने सामान्य उदाहरण भएको बताए ।  

उनले संवैधानिक नियुक्तिमा समेत यति  ठुलो हेलचेक्य्राइँ भएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।सहकारी प्रकरणमा आफ्नो पार्टीका सभापतिमाथि नैतिकता र नालायकीपनको प्रश्न उठाउनेले कुलिङ पिरियडको विषयमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिमाथि नैतिक प्रश्न उठेपछि के गर्नुहुन्छ भनेर प्रश्न गरे।