Skip This
एसियन पावरलिफ्टिङ च्याम्पियनसिप नेपालमा हुने
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २१ बुधबार
  • Thursday, 07 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण २१ बुधबार १६:४५:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

एसियन पावरलिफ्टिङ च्याम्पियनसिप नेपालमा हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण २१ बुधबार १६:४५:oo

नेपालमा पहिलोपटक एसियन पावरलिफ्टिङ च्याम्पियनसिप हुने भएको छ। नेपाली युथ फिटनेस एन्ड केलिस्थेनिक्सको आयोजनामा प्रतियोगिता हुन लागेको हो।

साउन ३० देखि भदौ १ गतेसम्म नेपाल पुलिस क्लबको सभाहलमा हुने प्रतियोगितामा नेपाल, भारत, अस्ट्रेलिया, श्रीलंका, पाकिस्तान र उज्वेकिस्तानका १२० भन्दा बढी खेलाडीले सहभागिता जनाउने आयोजकले जनाएको छ।

प्रतियोगितामा समान आठ महिला तथा पुरुष तौल समूह तथा समान ६ उमेर समूहका स्पर्धा समावेश गरिएको छ। प्रतियोगितामा प्रत्येक समूहका शीर्ष तीन स्थान हासिल गर्ने खेलाडीलाई मेडलसहित पुरस्कार प्रदान गरिनेछ।

प्रतियोगितामा नेपालबाट ४९ खेलाडीको सहभागिता रहनेछ। जसमा १७ महिला छन्।