मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १४ बुधबार
  • Thursday, 31 July, 2025
२o८२ श्रावण १४ बुधबार १५:o४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सांसदको प्रश्न– वीर अस्पताल कहिले व्यवस्थित हुन्छ ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण १४ बुधबार १५:o४:oo

नेकपा माओवादी केन्द्रकी सांसद गंगाकुमारी बेल्बासेले वीर अस्पतालको सेवा–सुविधा व्यवस्थित गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन्।

बुधबार राष्ट्रिय सभा बैठकमा बोल्दै बेल्बासेले देशैभरबाट रिफर भएर आउने अस्पताललाई व्यवस्थित गर्न नसकिएको उल्लेख गरिन्।

वीर अस्पताल नेपालको सबैभन्दा पुरानो, सबैभन्दा ठुलो र सबैतिरबाट रिफर भएर बिरामी आउने अस्पताल हो। त्यहाँ जाँदा गन्जागोल, भिडभाड, कुन चिज कहाँ भेटिन्छ भन्ने अत्तोपत्तो हुँदैन,’ उनले भनिन्।

व्यवस्थित नहुँदा बाहिरबाट आउने बिरामीलाई अस्पतालका विभिन्न विभागहरू चिनाउनै धेरै सहयोगी ल्याउनुपर्ने उल्लेख गर्दै उनले भनिन्, ‘यो अस्पताललाई हामीले कहिले व्यवस्थित गर्ने ? ल्याब टेक्निसियन र साधन–स्रोतहरू कहिले व्यवस्थित हुन्छ ? जनशक्ति, भवन कहिले व्यवस्थित हुन्छ ?’