मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १५ बिहीबार
  • Thursday, 31 July, 2025
मोहन विष्ट कञ्चनपुर
२o८२ श्रावण १५ बिहीबार १o:४२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

कञ्चनपुरबाट गत वर्ष एक अर्ब ८० करोडभन्दा बढी बजेट फ्रिज

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८२ श्रावण १५ बिहीबार १o:४२:oo

गत वर्ष  कञ्चनपुरबाट एक अर्ब ८० करोडभन्दा बढी रकम फ्रिज (फिर्ता) भएको छ । आर्थिक वर्ष ०८१/८२ मा कञ्चनपुरबाट एक अर्ब ८० करोड १७ लाख ३४ हजार ८० रुपैयाँ फिर्ता भएको हो । 

संघीय सरकारको कोष तथा लेखा नियन्त्रण र प्रदेश सरकारको प्रदेश लेखा एकाइकोे तथ्यांकअनुसार जिल्लामा ८९.४९ प्रतिशत रकम खर्च भएको छ। कुल १७ अर्ब १४ करोड, ५५ लाख, १७ हजार ४१० रुपैयाँ बजेटमा १५ अर्ब ३४ करोड ३७ लाख ८३ हजार ३३० रुपैयाँ खर्च भएको छ ।

कोलेनिकाकाे तथ्यांकअनुसार चालूतर्फ नौ खर्ब ७३ करोड १५ लाख २० हजार १४८, पुँजीगततर्फ चार अर्ब २९ करोड १५ लाख ३१ हजार ४६२ गरेर १४ अर्ब दुई करोड ३० लाख ५१ हजार ६१० रुपैयाँमध्ये चालूतर्फ नौ अर्ब ३२ करोड ८० लाख ५२ हजार ९८८ र पुँजीगततर्फ तीन अर्ब ७८ करोड ५४ लाख ९५ हजार चार रुपैयाँ  गरेर १३ अर्ब ११ करोड ३५ लाख ४७ हजार ९९१ खर्च र जसमध्ये ९० करोड ९५ लाख तीन हजार ६१९ रुपैयाँ फिर्ता भएको छ ।