मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १४ बुधबार
  • Thursday, 31 July, 2025
२o८२ श्रावण १४ बुधबार १४:३९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

स्याफ्रुबेँसी–रसुवागढी सडक पुनः बन्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण १४ बुधबार १४:३९:oo

नेपाल–चीनको सिमानामा अवस्थित ल्हेन्दे खोलामा गएराति पुनः आएको बाढीले स्याफ्रुबेँसी-रसुवागढी सडकमा क्षति पुर्‍याएको छ । बन्द सडक खुलाउन काम सुरु भइसकेको जनाइएको छ । 
           
ल्हेन्दे खोलामा आज बिहान आएको बाढीले गत असार २४ गतेको बाढीबाट जोगिएको टिमुरे सुक्खा बन्दरगाहको माटो बगाएको र नदी कटानले सडकमार्ग क्षति भएका कारण साना–ठुला सबै प्रकारका सवारीसाधन टिमुरे खण्डको आवतजावत पूर्ण रूपमा बन्द भएको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए ।
          
जिल्ला विपत् व्यवस्थापनका अध्यक्षसमेत रहेका उनले चिनियाँ भूभागमा भारी वर्षा भइरहेका कारण पटकपटक आउने बाढीप्रति पूर्वसावधानी अपनाउँदै नदीकिनारको तटीय क्षेत्रमा बसोबास नगर्न जिल्लावासीलाई आग्रहसमेत गरे ।

गएरातिको बाढीले सडक संरचनाबाहेक अन्य धनजनको क्षति नभएकोसमेत प्रजिअ पौडेलले जानकारी दिए। ल्हेन्दे खोलाको बाढीका कारण त्रिशूली नदीमा पानीको बहाव बढ्दै छ भन्ने जानकारी गएराति नै तटीय क्षेत्रमा जानकारी गराइएको थियो ।