मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ५ सोमबार
  • Monday, 21 July, 2025
पछिल्ला केही दिनयता तीव्र राजनीतिक छलफलमा रहेका कांग्रेस नेता डा. शेखर कोइरालाले आइतबार आफ्नो समूहका सांसदहरूसँग सामूहिक र छुट्टाछुट्टै छलफल गरेका छन् । फाइल तस्बिर
प्रेम गौतम काठमाडाैं
२o८२ श्रावण ५ सोमबार o७:२१:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

तीव्र राजनीतिक संवादमा शेखर : सरकारको नेतृत्व र संसदीय दलको नेता फेर्नेसम्मको छलफल

Read Time : > 3 मिनेट
प्रेम गौतम, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण ५ सोमबार o७:२१:oo

सरकारको नेतृत्व गरेको दल एमालेमा पूर्वराष्ट्रपतिको सक्रियतालाई लिएर हलचल मच्चिरहेकै वेला प्रमुख सत्तारूढ दल कांग्रेसभित्र पनि संस्थापन इतर समूह सम्भावित राजनीतिक कदमको नापतौलमा जुटेको छ ।

सुशासन, सेवाप्रवाह र संविधान संशोधनमा सरकारले प्रभावकारी काम गर्न नसकेको निष्कर्षसहित इतर समूहका कांग्रेस नेता डा. शेखर कोइरालाले अन्तरपार्टी र आन्तरिक छलफल तीव्र बनाएका छन् । गत बिहीबार प्रमुख प्रतिपक्ष दल माओवादी अध्यक्ष पुष्पकमल पूर्वराष्ट्रपति भण्डारीले नेता–कार्यकर्तासँग प्रत्यक्ष सम्पर्कमै रहने र पार्टी काममा सहभागी हुने जानकारी गराएकी हुन् । 

राष्ट्रपतिबाट बिदा भएपछि पहिलोपटक पार्टी कार्यालय च्यासल पुगेर भण्डारीले नियमित पार्टी काममा फर्किएको जनाउ मात्र नदिई, पार्टी कार्यालयबाटै सक्रिय बन्ने औपचारिक जानकारीसमेत गराएको स्रोतले बतायो । ‘म अब पार्टी कार्यालयमा उपस्थित भएर सक्रिय रूपमा पार्टी काममा सहभागी हुन्छु । नियमित रूपमा नेता–कार्यकर्तासँग सम्पर्कमा रहने औपचारिक जानकारी गराउँछु,’ भण्डारीले ओलीलाई गराएको जानकारी उद्धृत गर्दै उनीनिकट एक नेताले नयाँ पत्रिकासँग भने, ‘त्यसबारे तपाईंको धारणा के छ ?’ स्रोतका अनुसार ओलीले सकारात्मक जवाफ फर्काएका थिए । ‘त्यसमा मेरो अन्यथा केही छैन । स्वागतै हुन्छ । पार्टी कार्यालयमा आउने कुरा त राम्रो हो ।’ 

दुई वर्षअघि नवीकरण गरिएको आफ्नो पार्टी सदस्यताबारे उत्पन्न योजनाबद्ध विवादमा पनि भण्डारीले गम्भीर असहमति प्रकट गरेकी छिन् । पार्टी सदस्यताबारे विवाद झिक्नुको कारण प्रस्ट्याउन भण्डारीले ओलीको ध्यानाकर्षण गराएकी थिइन् । जवाफमा ओलीले बाहिर नकारात्मक कोणबाट प्रचार भएको सुनाएका थिए । साथै ओलीले राष्ट्रपतिजस्तो विशिष्ट पदमा पार्टीले निर्णय गरेर पठाएका कारण आफूले पार्टीको फोरममा छलफल र सरोकारको विषयका रूपमा मात्र बैठकमा विषय उठान गरेको भन्दै नकारात्मक कोणबाट नबुझ्न आग्रह गरेका थिए । 

ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘मैले तपाईंको सदस्यता नवीकरण पेन्डिङमा छ, होल्डमा छ भनेकै छैन । फरक ढंगले बाहिर प्रचार भयो । पार्टीले निर्णय गरेर सर्वोच्च पदमा पठाएका कारण पार्टी काममा फर्किने कि नफर्किने, फर्काउने कि नफर्काउने, फर्काइएको अवस्थामा के जिम्मेवारी दिने, त्यसले के प्रभाव पार्छ जस्ता विषयमा तपाईंसँग छलफल गरेर पार्टीले निर्णय गर्नुपर्ने हुन्छ भनेको हुँ । तर, बाहिर अलिक फरक ढंगले सन्देश प्रवाहित भएछ, त्यस्तो होइन ।’ 

ओलीले केन्द्रीय कमिटी बैठकपछि पार्टीले सदस्यता नवीकरणसहित पार्टी काममा फर्किन चाहेको विषयमा सचिवालय बैठकबाट उपयुक्त निर्णय गर्नेसमेत भण्डारीलाई जानकारी गराएका छन् । केन्द्रीय सचिवालय र पोलिटब्युरो बैठक सकिएपछि सोमबार (आज)बाट सुरु हुने केन्द्रीय कमिटी बैठककै अघिल्लो दिन ओलीसँग पार्टी कार्यालयमै भेटवार्ता गरेर भण्डारीले अबको महाधिवेशनमा अध्यक्ष बन्ने गरी पार्टीमा पुनरागमन गरेको निर्णयबाट पछि नहट्ने सन्देश दिएको उनीनिकट नेताहरूको भनाइ छ । ‘अब उहाँ आवश्यकताअनुसार पार्टी कार्यालय जानुहुन्छ । नियमित पार्टी कार्यालय जाने विषयमा सल्लाह गर्नुभएको थियो । आज अध्यक्षलाई पनि जानकारी गराउनुभयो । अब नेता–कार्यकर्ताहरूसँग पनि नियमित नै भेटवार्ता गर्नुहुन्छ । पार्टीलाई बलियो बनाउने गरी पार्टी कार्यालयबाटै काममा सक्रिय हुनुहुनेछ,’ स्थायी समिति सदस्य कर्णबहादुर थापाले नयाँ पत्रिकासँग भने । 

थापाले पार्टी कार्यालय नियमित जाने भनेपछि कहाँ बसेर पार्टी काम गर्ने भन्ने प्राविधिक विषय भएको बताए । ‘अहिले त अध्यक्षको च्याम्बर मात्र खाली छ । उहाँले पार्टी कार्यालयमा कहाँ बसेर नियमित भेटघाट र काम गर्ने भन्ने प्राविधिक विषय हो,’ उनले भने । पार्टी सदस्यता नवीकरण ‘पेन्डिङ’मा राख्ने विषय सचिवालय र पोलिटब्युरो बैठकमा निर्णय नभएको, तर प्रचार त्यसैअनुसार भएको सन्दर्भमा दुई नेताबिच भएको संवादले आशंका मेटेको उनको भनाइ छ । 

ओलीसँगको भेटवार्तापछि पूर्वराष्ट्रपति भण्डारीले महासचिव शंकर पोखरेलतिर इसारा गर्दै सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिएकी थिइन् । ‘अध्यक्षसँग समसामयिक राष्ट्रिय राजनीतिक परिस्थितिका विषयमा मात्र कुरा भयो,’ उनले भनिन् । पार्टी सदस्यता नवीकरणबारे सञ्चारकर्मीको जिज्ञाशामा भण्डारीले थपिन्, ‘त्यो त धेरै पुरानो कुरा (नवीकरण भइसकेको) हो । बाँकी तपाईंहरूलाई आधिकारिक च्यानलबाटै थाहा हुन्छ ।’ 

सचिव योगेश भट्टराईले अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबिच राजनीतिक विषयमै केन्द्रित छलफल भएको जनाउ दिए । ‘प्राविधिक विषयभन्दा पहिले राजनीतिक विषय टुंगिनुपर्छ । राजनीतिक विषय टुंगियो भने प्राविधिक कुरा त्यसअनुसार हुन्छ । सदस्यता नवीकरण अभिलेखमा छ–छैन विवादको विषय नै होइन,’ उनले भने, ‘उहाँ (पूर्वराष्ट्रपति)लाई सम्मानजनक भूमिका दिने भनिए भोलि नै टुंगिन्छ । राजनीतिमा फर्किने कुरा ठिक छैन भन्ने समझदारी भए नवीकरण नै भएको छ भने पनि निष्क्रिय हुन्छ । प्राविधिक विषयमा धेरै बहस आवश्यक छैन । कन्टेन्ट टुंगिएपछि, गीत–संगीत भरेपछि नाच्ने त्यसअनुसार हो,’ भट्टराईले भेटवार्तापछि सञ्चारकर्मीहरूसँग भने । 

संस्थापनका स्थायी समिति सदस्य डा. राजन भट्टराईले सबै विषय दुई नेताकै सहमतिमा टुंगिने दाबी गरेका छन् । ‘उहाँहरूबिचको भेटघाटको निष्कर्ष– हाम्रा दुईबिचमा मतभेद हुँदैन र भविष्यमा पनि जे हुन्छ, सहमतिमै हुन्छ । दरार पार्न खोजेर सम्भव हुँदैन,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । 

पूर्वराष्ट्रपति भण्डारीले अध्यक्ष बन्नकै लागि एमालेको राजनीतिमा फर्किएको बताएपछि उनलाई अप्ठ्यारो पार्ने गरी कदम चाल्दै आएका छन् । केन्द्रीय सचिवालयको बैठकमा ओलीले बहुमतबाट आगामी २०–२२ भदौसम्म हुने विधान महाधिवेशनमा दसौँ राष्ट्रिय महाधिवेशनमा सहभागी प्रतिनिधिले मात्र भाग लिन पाउने तथा बिचमा मनोनीत भएका केन्द्रीय सदस्य र केन्द्रीय निकायका सदस्यहरू पनि आयोजकको हैसियतमा मात्र सहभागी हुन पाउने निर्णय गराएका थिए । यो निर्णयले आगामी विधान महाधिवेशनमा भण्डारी कुन हैसियतमा सहभागी हुन्छिन् भन्ने प्रश्न खडा गरेको छ ।

त्यस्तै, एघारौँ महाधिवेशनबाट आफू अध्यक्ष बन्न सहज हुने गरी ओलीले ७० वर्षे उमेरहद र दुई कार्यकाल मात्र कार्यकारी पदमा उम्मेदवार बन्न पाउने व्यवस्थालाई सचिवालय र पोलिटब्युरो बैठकबाट हटाउने निर्णय गराएका छन् । भण्डारी आगामी महाधिवेशनमा अध्यक्ष बन्ने लक्ष्यसहित पार्टी राजनीतिमा फर्किएकी छिन् । तर, ओलीले उनमा संगठनात्मक नेतृत्वको अभाव रहेको भन्दै नेतृत्व हस्तान्तरण गर्न नसकिने बताउँदै आएका छन् ।

शनिबार पोलिटब्युरो बैठकमा उनले भण्डारीसँग वार्ता गर्ने सुनाएका थिए । केन्द्रीय सचिवालय बैठक र पोलिटब्युरो बैठकले आवश्यक छलफल र परामर्श गरेर छिटो टुंगो लगाउन सुझाव दिएको थियो । त्यसपछि भेटवार्ताका लागि ओलीले भण्डारीलाई सरकारीनिवास बालुवाटार बोलाएका थिए । तर, उनले आफूले पार्टी कार्यालयमै भेटेर छलफल गर्न चाहेको अडान लिइन् । त्यसपछि च्यासलमा भेटवार्ता तय भएको हो । 

भण्डारीसँग पार्टी कार्यालयमा भेट तय भएपछि ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई सरकारीनिवास बालुवाटारमै बोलाएर अलग्गै छलफल गरेका थिए । तर, ओली–भण्डारी भेटमा भने अरू नेता बसालिएन । 

राजनीतिक विश्लेषक पुरञ्जन आचार्य भन्छन्–कोइरालाको सक्रियता अर्थपूर्ण छ 
पहिलो, कांग्रेस–एमालेबिच दूरी बढ्दै छ । त्यो दूरीको अवस्था के छ भनेर बुझ्न कोइरालाले अग्रसरता लिएको हुन सक्छ । यस्तै, पार्टीमा चलेको अनुशासनको डन्डा, आन्तरिक शक्ति संघर्ष, सरकारमाथि दबाब, अन्तर्राष्ट्रिय रूपमा सरकारले समर्थन नपाएको परिस्थितिमा भूराजनीतिक कारण पनि हुन सक्छ । यही सरकारलाई टिकाइराख्दा कांग्रेसलाई धेरै घाटा हुने बुझाइ धेरै कांग्रेसको छ । अब देउवा फ्याक्टरले मात्रै चल्ने अवस्था पनि बिस्तारै कमजोर हुँदै गएको छ । अर्कोतर्फ, के छ अवस्था बुझौँ न त भनेर देउवासँगकै सहमतिमा पनि कोइरालाको सक्रियता बढेको हुन सक्छ । सत्तापरिवर्तनको अभ्यास भनेर अहिले नै भनिहाल्न हतार हुन सक्छ, तर त्यो अभ्यास होइन भनेर भन्न सकिने अवस्था पनि छैन । कोइरालाको सक्रियता अर्थपूर्ण छ ।