१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २ सोमबार
  • Monday, 16 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ असार २ सोमबार ११:१३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सभामुखले भेटे रास्वपाका दुई सांसदलाई

विपक्षीले उठाएका मुद्दा गम्भीर भएकाले  दुई सातासम्म संसदलाई सहमतिका लागि रोकेको भनाइ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार २ सोमबार ११:१३:oo

सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद (डिपी) अर्याल र प्रमुख सचेतक सन्तोष परियारसँग भेट गरेका छन् । 

आज बिहान सरकारी निवास बालुवाटारमा भएकाे भेटमा सभामुखले दुई सातादेखि विपक्षीको अवरोधले संसद् बन्धक भएको र बजेटबारे व्यापक छलफल गर्नुपर्ने वेलामा संसद् अवरुद्ध हुँदा जनतामा गलत सन्देश गएको बताए।  विपक्षीले उठाएका मुद्दा गम्भीर भएकाले दुई सातासम्म संसद्लाई सहमतिका लागि रोकेको उल्लेख गर्दै उनले अब रोक्ने अवस्था नहरेको बताए । संसद्को नेतृत्वका हिसाबले आफूले  संवैधानिक सीमालाई पनि ख्याल गर्नुपर्ने भनाइ राखे ।

सभामुखले भने, ‘राष्ट्रिय सभाले ५ गतेभित्र प्रतिनिधिसभाबाट विनियोजन विधेयक पठाउन भनेको छ । यस्तो अवस्थामा जुनसुकै हालतमा बजेट पारित गर्नैपर्दछ । तपाईंहरूले आफ्नो आन्दोलनको स्वरूप बदलेर पनि संवैधानिक सीमा र बाध्यता बुझ्नुपर्छ । बरु सरकारसँग संवादका लागि आवश्यक सहजीकरण म गर्नेछु । गम्भीर भएर छलफल गरौँ ।’

एक घण्टा भएको छलफलमा रास्वपाका सांसदले  आफूहरूले उठाएका माग गम्भीर रहेको बताएका थिए । जनताको वास्तविक समस्या उठाएको र  आफ्ना  माग र मुद्दामा सरकार गम्भीर नभएकाले संसद् अवरोध बाध्यात्मक भएको उनीहरूले बताए । अहिलेकै अवस्थामा आफूहरू मुद्दाबाट पछाडि फर्कन सक्ने अवस्थामा नरहेको उनीहरूले उल्लेख गरे ।  तैपनि  अहिलेको निकासका लागि छलफल र संवादमा  रहने बताए ।