१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २ सोमबार
  • Monday, 16 June, 2025
नयाँ पत्रिका ताप्लेजुङ
२o८२ असार २ सोमबार o९:२६:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

हेवाखोलाको बेलिब्रिज खस्दा घाइते तीनजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, ताप्लेजुङ
नयाँ पत्रिका
२o८२ असार २ सोमबार o९:२६:oo

 पाँचथरको हेवाखोलामा निर्माणाधीन बेलिब्रिज खस्दा घाइते भएका तीन मजदुरको मृत्यु भएको छ । मेची राजमार्गमा पर्ने हिलिहाङ र पाँचथर नगरपालिका जोड्ने हेवाखोलामा निर्माणाधीन बेलिब्रिज निर्माण गर्ने क्रममा शनिबार साँझ खसेको थियो ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख तथा प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीले शनिबार बेलिब्रिज खस्दा घाइते भएका बाराको सिमरा उपमहानगरपालिकाका २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय प्रकाश चौधरीको ज्यान गएको जानकारी दिए । दुर्घटनापछि घाइते उनीहरूलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल पुर्‍याइएको थियो । उपचारकै क्रममा चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेको डिएसपी बुढाथोकीले बताए ।

शनिबार साँझ ६ बजे निर्माणाधीन बेलिब्रिज खसेको थियो । फिदिम नगरपालिका– ४ तर्फ राखिएको बेसदेखि ठेल्दै पारिपट्टि हिलिहाङ गाउँपालिका–७ मा जग टेकाएको केहीबेरमै बेलिब्रिज खसेको हो । बेलिब्रिज खस्दा ६ जना घाइते भएका थिए । घाइतेमध्ये एकको अवस्था गम्भीर र दुईजना सामान्य छन् । सबैलाई उपचारका लागि नोबेल मेडिकल कलेज विराटनगर पु‍र्‍याइएको छ । घटनामा सिमरा उपमहानगरपालिका– १२ का २५ वर्षीय भुलेश्वर चौधरी, ३५ वर्षीय प्रकाश चौधरी र ३० वर्षीय अभिषेक चौधरी घाइते छन् ।