१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 14 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २३:११:oo
Read Time : < 1 मिनेट
खेलकुद

टेष्ट च्याम्पियनसीपको फाइनल रोचक मोडमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २३:११:oo

आइसीसी वल्र्ड टेष्ट च्याम्पियनसीपको फाइनल प्रतिस्पर्धा रोचक मोडमा पुगेको छ। दोस्रो दिनको खेल सकिंदा अष्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्ध २१८ रनको अग्रता बनाएको छ । दोस्रो इनिङमा अष्ट्रेलियाले १४४ रन बनाउँदा आठ विकेट गुमाएको छ । पहिलो इनिङमा दक्षिण अफ्रिका १३८ रनमै अलआउट हुँदा अष्ट्रेलियाले महत्वपूर्ण ७४ रनको अग्रता कायम गरेको थियो। पहिलो इनिङमा अष्ट्रेलियाले २१२ रन बनाएको थियो ।

पहिलो दिनको खेलमा जस्तै दोस्रो दिन पनि तिव्र गतिका बलर हावी भए। दक्षिण अफ्रिकाले आफ्नो इनिङमा १२ रनमा अन्तिम ५ विकेट गुमाउँदा उ कमजोेर स्थितीमा पुगेको हो। अष्ट्रेलियन कप्तान पाट कुमिन्सले मात्र ६ विकेट लिएका थिए।

दोस्रो इनिङमा अष्ट्रेलियाले ७३ रनमै ७ विकेट गुमाएकोमा एलेक्स क्यारी र मिचेक स्टार्कबिच नवौं विकेटमा अर्धशतकीय साझेदारी भएपछि तुलनात्मक रुपमा अष्ट्रेलिया बलियो स्थितीमा छ। टेष्ट क्रिकेटको विश्वकप मानिने टेष्ट च्याम्पियनसीपको फाइनल खेलमा तेस्रो दिनको खेलमा नै नतिजा आउने सम्भावना बढेको छ। खेल इंल्याण्डको लड्स मैदानमा भइरहेको छ।