१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ३० शुक्रबार
  • Saturday, 14 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ ३० शुक्रबार १९:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

फेल भएका चालकलाई लाइसेन्स दिएर संकलित एक लाख ८५ हजार रकमसहित यातायातका कर्मचारी पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ ३० शुक्रबार १९:३७:oo

फेल भएका चालकलाई सवारी लाइसेन्स दिएर संकलन गरिएको एक लाख ८५ हजार रुपैयाँसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवनको यातायात व्यवस्था कार्यालय भरतपुरका कर्मचारीलाई पक्राउ गरेको छ।

आयोगको टोलीले कार्यालय सहायक (पाँचौँ) इन्द्रजित गुरुङ र बिचौलिया सुरज पाठकसमेतलाई शुक्रबार नियन्त्रणमा लिएको हो। यातायात कार्यालयका प्रमुख एवं कर्मचारीहरू र महालक्ष्मी ड्राइभिङ सेन्टर, गुरुङ ड्राइभिङ सेन्टर र कुमार ड्राइभिङ सेन्टरलगायतको मिलेमतोमा लाइसेन्स वितरण हुने गरेको उजुरी परेपछि अख्तियारले छापा मारेको थियो।

यातायात व्यवस्था कार्यालय भरतपुरबाट सञ्चालन भएको सवारीचालक अनुमतिपत्रको परीक्षा सञ्चालन गर्दा फेल भएका परीक्षार्थीहरूलाई पास गराएर विभिन्न वर्गका सवारीचालक अनुमतिपत्र दिनका लागि वर्गअनुसारको १५ हजारदेखि २५ हजारसम्म रकम लिएको भेटिएको अख्तियारले जनाएको छ।

उजुरीपछि अख्तियार टोलीले कार्यालय सहायक गुरुङको कार्यकक्षबाट एक लाख ८५ हजार रुपैयाँ नगद र बिचौलिया सुरज पाठकलाई समेतलाई नियन्त्रणमा लिएको हो।

कार्यालय प्रमुख विष्णु भट्टराई तथा अन्य कर्मचारीहरू र विभिन्न ड्राइभिङ सेन्टरका सञ्चालकहरूको ३१ भन्दा बढी मोबाइल, दुईवटा ल्यापटप र अन्य कागजातसमेत अख्तियारले नियन्त्रणमा लिएको छ। थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।