
ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत् आयोजनाका लागि फाइनान्सियल क्लोजरसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । यस आयोजनाको प्रवर्द्धक कम्पनी सौर्य होल्डिङ प्रालि र बैंकबिच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको हो ।
उक्त सम्झौताअनुसार यस आयोजनामा ग्लोबल आइएमई बैंकको अगुवाइ र लक्ष्मी सन्राइज बैंकको सहभागितामा बनेको कन्सोर्टियमले चार अर्ब ८५ करोड ७० लाख रुपैयाँ लगानी गर्नेछ । ग्लोबल आइएमई बैंकका चिफ बिजनेस अफिसर कल्याणविक्रम पाँडे, लक्ष्मी सन्राइज बैंकका चिफ बिजनेस अफिसर मनीषराज कुँवर र सौर्य होल्डिङ प्रालिका प्रबन्ध निर्देशक मोहनविक्रम कार्कीले लगानी सम्झौतामा हस्ताक्षर गरेका छन् ।