१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ३१ शनिबार
  • Saturday, 14 June, 2025
नयाँ पत्रिका महोत्तरी
२o८२ जेठ ३१ शनिबार ११:४६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

महोत्तरीका सुनचाँदी व्यवसायी आन्दोलित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, महोत्तरी
नयाँ पत्रिका
२o८२ जेठ ३१ शनिबार ११:४६:oo

आगामी आर्थिक वर्ष ०८२/८३ को बजेटमार्फत सुनचाँदी, हिरा, जवाहरात तथा हस्तकलाका सामग्रीमा विलासिता शुल्क र भ्याट लागू गरेको विरोधमा महोत्तरीका सुनचाँदी व्यवसायीले आन्दोलन गरेका छन् । उनीहरूले विरोधस्वरूप शुक्रबार सदरमुकाम जलेश्वरमा र्‍याली निकालेका छन् ।

व्यवसायीले नगरपरिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र पनि बुझाएका छन् । पसलको नमुना साँचोसमेत बुझाएका छन् । सुनचाँदी व्यवसायी संघ महोत्तरी, मटिहानी, बर्दिवास र रामगोपालपुरका सुनचाँदी व्यवसायीले संयुक्त रूपमा आन्दोलन गरेका थिए ।

उनीहरूले ज्ञापनपत्रमा सबै प्रकारका सुन तथा सुनका गहनामा लागू गरिएको २ प्रतिशत विलासिता कर खारेज हुनुपर्ने, हिरा जवाहरातजडित गहनामा लागू गरिएको मूल्य अभिवृद्धि कर तत्काल पुनर्विचार गरी खारेज गर्नुपर्ने, सुनचाँदीको कारोबारलाई दीर्घकालीन रूपमा प्रोत्साहित गर्न चाँडोभन्दा चाँडो ऐन, नियम तथा नीति–निर्माण गर्नुपर्ने माग राखेका छन् ।

त्यसैगरी, कर संरचना परिवर्तन गर्नुपूर्व मौजुदा व्यवसाय, रोजगारी तथा बजारमा पर्ने दुरगामी प्रभावको विस्तृत अध्ययन गर्नुपर्ने, छिमेकी भारतसरह नै नेपालमा पनि भन्सार दर ६ प्रतिशत कायम गरिनुपर्ने र निर्यातको ढुवानीमा २.५ प्रतिशत टिडिएस लाग्ने व्यवस्था खारेज गर्नुपर्ने माग राखेका छन् ।