१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 13 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:४८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

समाचार प्रसारण गरेकै आधारमा पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:४८:oo

पत्रकार दिलभूषण पाठकविरुद्ध समाचार प्रसारण गरेकै आधारमा पक्राउ पुर्जी जारी भएको छ। नेपाल प्रहरीको साइबर ब्युरोले उनलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंबाट पक्राउ पुर्जी लिएको हो। 

पाठकले आफ्नो च्यानलमा प्रसारण गरेका हिल्टन होटेलसम्बन्धी समाचारलाई लिएर साइबर अपराधको मुद्दा चलाउन लागिएको हो। होटेलमा कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीरको लगानीको विषयलाई लिएर पाठकले समाचार प्रसारण गरेका थिए। सोही विषयमा प्रहरीमा उजुरी गरिएको हो। 

प्रहरी नेतृत्वले गृह मन्त्रालयसँग समेत छलफल गरेर पत्रकार पाठकविरुद्ध साइबर अपराध मुद्दामा अनुसन्धान अघि बढाएको हो। समाचारकै आधारमा यसरी फौजदारी मुद्दा लगाउन लागिएकोमा सञ्चारकर्मीले प्रहरीको कदमको आलोचना गरेका छन्।