१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ३० शुक्रबार
  • Saturday, 14 June, 2025
२o८२ जेठ ३० शुक्रबार १९:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

झन्डै १० घण्टापछि एकतर्फी खुल्यो राप्ती राजमार्ग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ ३० शुक्रबार १९:५८:oo

पहिरोले अवरुद्ध भएको झन्डै १० घण्टापछि राप्ती राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ। राप्ती राजमार्गअन्तर्गत कपुरकोट–दाङ सडकखण्डको विभिन्न ठाउँमा वर्षासँगै आएको पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो।

सल्यान र दाङको सिमाना कपुरकोट गाउँपालिका– ३ चोरखोला र तुलसीपुर उपमहानगरपालिकाको राम्रीमा शुक्रबार बिहान ठुलो पहिरो झरेको थियो। मेसिनको मद्दतले पहिरो हटाएपछि एकतर्फी सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले जानकारी दिए।

चोरखोलामा गएको पहिरो निकै ठुलो भएकाले तत्कालका लागि एकतर्फी मात्र सडक सञ्चालन गर्न सम्भव भएको उनको भनाइ छ।

पहिरोले सडक अवरुद्ध हुँदा रुकुम, सल्यान, रोल्पा भएर दाङ हुँदै जाने छोटो तथा लामो दूरीका यातायातका साधन बिचबाटोमै अलपत्र परेका थिए। कपुरकोटबाट सहायक सडक भए पनि वर्षातका कारण हिलो हुँदा धेरै सवारीका साधन राजमार्गमा रोकिन बाध्य भएका थिए।